एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे एप प्रयोगकर्ताहरूले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।आइएमई पेले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो आकर्षक योजना ल्याएको हो । आइएमई पे र एनसेलले यस योजनाका लागि सहकार्य गर्नुको मुख्य कारण डिजिटल नेपालको परिकल्पनातर्फ अघि बढ्ने आफ्नो समान संकल्प रहेको बताए ।कुनै पनि डिजिटल वालेट सेवा प्रदायकले मोबाइल सेवा प्रदायकसँग मिलेर आफ्ना ग्राहकहरूला