काठमाडौं : सरकारले टीकापुर नरसंहारलाई 'राफसाफ' गरिदिएको छ। सोमबार गणतन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सदर गरिदिएपछि टीकापुर नरसंहारका मुख्य योजनाकार रेशमलाल चौधरी रिहा भइसकेका छन्। गत जेठ १ मा सर्वोच्च अदालतले जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलाले गरेको जन्मकैदको फैसला सदर गर्यो। तर, सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदै सरकारले चौधरीलाई रिहा गरिसकेको छ।जबकि फैसलाको पूर्णपाठसहित आममाफीका लागि निवेदन दिनुपर्ने थियो। सरकारले चौधरीलाई रिहाइ