मेलम्ची बस्ती जोगाउन तटबन्ध

सिन्धुपाल्चोकको मेलम्चीबस्ती जोगाउन मेलम्ची कोरिडोरमा धमाधम तटबन्ध निर्माण भइरहेको छ । मेलम्ची नदी आसपासका बस्ती संरक्षणका लागि जालीगारो लगाउने काम तीव्र गतिमा भइरहेको हो । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नदीले कटान गर्न सक्ने र जोखिम निम्तिन सक्ने सडक, बजार र विद्यालय क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको जानकारी दिनुभयो । गत वर्ष असार १ गते मेलम्चीमा आएको बाढीले क्षति पु-याएको हेलम्बुदेखि काभे्रको दोलालघाटसम्मको नदी कोरिडोरमा तटबन्ध निर्माण भइरहेको छ ।

सम्बन्धित सामग्री

तटबन्ध बगाउँदा मेलम्चीवासी त्रासमा

मेलम्ची नदी नियन्त्रण, नदीलाई पुरानै धारमा ल्याउन र मेलम्ची बस्ती जोगाउनका लागि तीनै तहका सरकारले विनियोजन गरेको बजेटबाट मेलम्ची नदी कोरिडोरमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएर क्षति पु-याएको छ।

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् । गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ ।यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताए । ४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थाय

मेलम्ची करिडोरका २९ स्थानमा तटबन्ध

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन्। नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन्। गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बु देखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ। यसले नदीको बहाब नियन्त्रण गर्न, बस्ती […]

चैत १ देखि मेलम्ची आयोजनाका सबै काम बन्द गर्ने चेतावनी

सिन्धुपाल्चोक (अस) । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले आफ्ना ६ बुँदे माग एक साताभित्र सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन् । सोमवार मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले विज्ञप्ति जारी गरी आफ्ना मागहरू सम्बोधन गर्न सकिने अवस्था हुँदाहुँदै पनि सम्बोधन नगरिएकाले मुहान क्षेत्र लगायत आयोजना क्षेत्रका सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको हो । मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासका लागि मेलम्ची खानेपानी विकास समितिले नियमित रूपमा उपलब्ध गराउँदै आएको बजेट तत्काल उपलब्ध गराउनुपर्ने, नदीलाई पुरानै धारमा बहाउनुपर्ने, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहिर्‍याउनुपर्ने र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ । यसैगरी मेलम्ची र इन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन कटान भएकाले सो क्षेत्रको जमिन संरक्षण र खेतीयोग्य जमिन बचाउन मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गर्नुपर्ने माग स्थानीयले राखेका छन् । मेलम्ची नदीको पानी काठमाडौं आएपछि मेलम्चीवासीले लेभी पाउने सहमति भएर विभिन्न अध्ययन भएर प्रक्रिया बढेको, तर हालसम्म कुनै निर्णय नभएकाले तत्काल लेभी निर्धारण गर्नुपर्ने र वर्षामा सहज आवतजावत गर्न सकिने गरी सडक निर्माण तत्काल अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । हेलम्बु–मेलम्ची क्षेत्रमा गएको बाढीपहिरोका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायमा पटकपटक आग्रह गर्दा पनि गम्भीरतापूर्वक नलिएको भन्दै तत्काल सो समस्या समधान गर्न उनीहरूले आग्रह गरेका छन् । ‘माघ २१ गते आयोजनाको मेलम्ची साइट कार्यालय, मेलम्चीमा आयोजनासँग भएको सहमति लागू नभएकाले फागुन २२ गते बसेको स्थानीय सरोकार समुदाय एवं सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरूको बैठकले ६ बुँदे मागसहित मेलम्ची खानेपानी विकास समिति र नेपाल सरकारको ध्यानाकर्षण गराएका हौं,’ हेलम्बु–मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका सचिव अर्जुन भण्डारीले भने, ‘तत्काल माग पूरा नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको सबै काम बन्द गर्ने भनेका छौं ।

मेलम्चीमा नदीलाई पुरानै धारमा फर्काउने प्रयास

काठमाण्डाै - बाढी पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्चीमा नदीलाई पुरानै धारमा फर्काउने प्रयास भइरहेको छ । यसका लागि चार वटा डोजर खटाइएको छ । जोखिमयुक्त बस्ती जोगाउन  प्राथमिकताका साथ तटबन्ध लगाउनेसहितका काम भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । गएको असार १ गते र गएको १६ गतेको बाढीले मेलम्चीमा मात्र एक सय ९७ घरमा क्षति पुगेको छ भने १२ सय ८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी भएको छ । बाढीका कारण विस्थापित भएका केही टेन्टमा बसिरहेका छन् भने केही सामुदायिक विद्या...

मेलम्ची बाढीपहिरो पीडितले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

किरण थापा काठमाडौं । मेलम्ची बाढीपहिरो प्रभावितहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका स्थानीय बाढीपीडितहरुले प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै बाढीपीडितले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन स्काभेटरमार्फत जमिनको सतह […]