चैत १ देखि मेलम्ची आयोजनाका सबै काम बन्द गर्ने चेतावनी

सिन्धुपाल्चोक (अस) । हेलम्बु–मेलम्ची बाढीपहिरो पीडितले आफ्ना ६ बुँदे माग एक साताभित्र सम्बोधन नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाका सबै काम बन्द गराउने चेतावनी दिएका छन् । सोमवार मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले विज्ञप्ति जारी गरी आफ्ना मागहरू सम्बोधन गर्न सकिने अवस्था हुँदाहुँदै पनि सम्बोधन नगरिएकाले मुहान क्षेत्र लगायत आयोजना क्षेत्रका सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएको हो । मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासका लागि मेलम्ची खानेपानी विकास समितिले नियमित रूपमा उपलब्ध गराउँदै आएको बजेट तत्काल उपलब्ध गराउनुपर्ने, नदीलाई पुरानै धारमा बहाउनुपर्ने, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तीमा ५ मिटर खोला गहिर्‍याउनुपर्ने र तटीय क्षेत्रका जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ । यसैगरी मेलम्ची र इन्द्रावती नदी किनारका बस्ती तथा खेतीयोग्य जमीन कटान भएकाले सो क्षेत्रको जमिन संरक्षण र खेतीयोग्य जमिन बचाउन मुहानदेखि सिपाघाट भिमटारसम्म आयआर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ तथा सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गर्नुपर्ने माग स्थानीयले राखेका छन् । मेलम्ची नदीको पानी काठमाडौं आएपछि मेलम्चीवासीले लेभी पाउने सहमति भएर विभिन्न अध्ययन भएर प्रक्रिया बढेको, तर हालसम्म कुनै निर्णय नभएकाले तत्काल लेभी निर्धारण गर्नुपर्ने र वर्षामा सहज आवतजावत गर्न सकिने गरी सडक निर्माण तत्काल अघि बढाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् । हेलम्बु–मेलम्ची क्षेत्रमा गएको बाढीपहिरोका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायमा पटकपटक आग्रह गर्दा पनि गम्भीरतापूर्वक नलिएको भन्दै तत्काल सो समस्या समधान गर्न उनीहरूले आग्रह गरेका छन् । ‘माघ २१ गते आयोजनाको मेलम्ची साइट कार्यालय, मेलम्चीमा आयोजनासँग भएको सहमति लागू नभएकाले फागुन २२ गते बसेको स्थानीय सरोकार समुदाय एवं सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरूको बैठकले ६ बुँदे मागसहित मेलम्ची खानेपानी विकास समिति र नेपाल सरकारको ध्यानाकर्षण गराएका हौं,’ हेलम्बु–मेलम्ची बाढीपहिरो पीडित सरोकार समितिका सचिव अर्जुन भण्डारीले भने, ‘तत्काल माग पूरा नगरे चैत १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको सबै काम बन्द गर्ने भनेका छौं ।

सम्बन्धित सामग्री

चैतभित्रै मेलम्ची ल्याउन धमाधम काम

सरकारले चैत मसान्तभित्रै मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्पन्न गरी उपत्यकाबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने गरी धमाधम काम भइरहेको जनाएको छ । सरकारले आगामी चैत समान्तभित्रै मेलम्चीको पानी उपत्यकाबासीका घरका धारामा आउने प्रतिबद्धता जनाएअनुसार काम भइरहेको र तोकिएकै समयमा मेलम्ची आउने खानेपानी मन्त्रालयले दाबी गरेको छ ।मन्त्रालयका अनुसार हाल १५ प्रतिशतमात्रै काम रहेकाले चैतसम्म मेलम्ची खानेपानी […]

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प

काठमाडौं : मेलम्ची खानेपानी आयोजना र संघीय सरकारले पटक-पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नगरेको भन्दै मंगलबारदेखि आयोजना प्रभावितहरु आन्दोलनमा उत्रेका छन् ।माग पूरा नभएसम्म आयोजनाको कुनै पनि काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सरकारको बहुप्रतिक्षित आयोजना मेलम्ची खानेपानी आयोजनाले स्थानीय प्रभावितको माग सम्बोधन नगरेको भन्दै बाढी तथा आयोजना प्रभावितहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका हन् ।माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्व

मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु

मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन सुरु गरेको हो । सेनाले ठूला ठूला ढुङ्गामा 'ड्

फेरि शुरू भयो मेलम्ची आयोजनाको काम, कहिले आइपुग्छ काठमाडौंमा खानेपानी ?

बाढीले  क्षतिग्रस्त  मेलम्ची  आयोजनाको काम पुनः शुरू भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम शुरू भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त  संरचनाको  पुनर्निर्माणको  काम  यसअघि  नै  निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम शुरू गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्याल...

क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु

बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो । ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए ।प्रधानमन्त्री शेरबहादु

मेलम्ची मर्मत फास्ट ट्र्याकबाट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव

मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो ।खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन नसक्दा तोकिएको समयमा मेलम्ची […]

मेलम्ची पुनर्स्थापनाको काम तत्कालै शुरु नहुने

१ कात्तिक, काठमाडौं । बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम दशैंलगत्तै अघि नबढ्ने भएको छ । आगामी वैशाखसम्म पानी ल्याउने योजनाअनुसार दशैंलगत्तै काम शुरू गर्ने भनिएपनि नयाँ ठेक्का लगाउनेबारे अहिलेसम्म निर्णय भएको छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्ययोजना प्रस्ताव […]

क्षतिग्रस्त मेलम्ची आयोजनाः दुई महिनापछि मात्र काम सुरु हुने

काठमाडौं, साउन ८ । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ। मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र […]

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु हुने

सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।मेलम्ची खानेपानी विकास समितिका कार्य

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता

मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्क बिहिन भएकोले खोजी तथा उद्धारका लागि आग्रह गरेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान आयोजना स्थलबाट हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार