काठमाण्डाै - बाढी पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्चीमा नदीलाई पुरानै धारमा फर्काउने प्रयास भइरहेको छ । यसका लागि चार वटा डोजर खटाइएको छ ।
जोखिमयुक्त बस्ती जोगाउन प्राथमिकताका साथ तटबन्ध लगाउनेसहितका काम भइरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो । गएको असार १ गते र गएको १६ गतेको बाढीले मेलम्चीमा मात्र एक सय ९७ घरमा क्षति पुगेको छ भने १२ सय ८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी भएको छ ।
बाढीका कारण विस्थापित भएका केही टेन्टमा बसिरहेका छन् भने केही सामुदायिक विद्या...