एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।