जब जलमग्न बन्यो बनेपाको सडक...

अविरल वर्षाका कारण काभ्रेको बनेपा रहेको पुल बजार क्षेत्र जलमग्न बनेको छ । निरन्तरको वर्षापछि सडक जलमग्न बनेको थियो । हरेक वर्ष सो क्षेत्र जलमग्न हुने गरेको छ । सडकमा जमेको पानीलाई निकास दिने काम सुरु भइसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

काठमाडौँ २३ असोज । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमैै डुबानमा पर्न थालेको यहाँका व्यवसायी […]

कञ्चनपुरको महेन्द्रनगर जलमग्न

दोधारा चाँदनी- तीन दिनदेखि लगातार परेको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन् । महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ । बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन् । […]

जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशको राजधानी रहेको धनगढी डुबानमा परेको छ। डुबानले मुख्य बजारलगायत बस्तीहरू जलमग्न भएका छन्।...

वर्षासँगै नेपालगञ्जका सडक जलमग्न

बाँकेमा आज बिहान परेको वर्षाका कारण नेपालगञ्जका सडक जलमग्न भएका छन् । उपमहानगरपालिकाको भित्री बजार सुते विक चोक, विपी चोक, रामलिला मैदान लगायतका ठाउँमा  रहेका सडक जलमग्न भएकाले आवतजावत गर्न कठीनाइ भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बजारका केही स्थान जलमग्न भएको जानकारी दिए । नेपालगञ्जमा ८६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही साताअघि नेपालगञ्ज उपमहानगरपालिकाले ढलमा पानी जमेर बजार जलमग्न हुने भन्दै ढल सफाइ गरे

जलमग्न घोराही बजार

तुलसीपुर : शनिवार दिउँसो आएको वर्षाका कारण घोराही बजारको मेनरोड जलमग्न बनेको छ। करिब एक घण्टासम्म परेको पानीका कारण बजारका अधिकांश ठाउँ जलमग्न बनेका हुन्। नालाको उचित निकास नहुँदा पानी पर्दा सडकमा बगेको हो। पानी पसलहरूमा समेत पसेको थियो।

वीरेन्द्रनगरको मुख्य बजार जलमग्न

वीरेन्द्रनगरस्थित मुख्य चौकहरु वर्षातका कारण जलमग्न भएका छन्। आधार घण्टा लगातार परेको पानीले जुम्ला रोड, खोर्केखोला लाइनदेखि वीरेन्द्रनगर चौक, खजुरा लगायतका मुख्य बजारहरु जलमग्न भएका हुन्।...

जलमग्न दुलेगौडा बजार

आइतबार दिउँसोदेखि साँझसम्म वर्षा भएपछि जलमग्न अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजार । पानी बग्ने उचित व्यवस्थापन नहुँदा हरेक वर्षामा यस ठाउँ जलमग्न हुने गरेको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस

नेपालगञ्ज जलमग्न

बिहीबार रातिदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपासको क्षेत्र जलमग्न भएको छ । निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत न्यूरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँके गाउँलगायतका स्थानमा पानी जमेर जलमग्न भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जमा २० मिलीमिटर वर्षा भएको छ । ढल निकासको उचित व्यवस्थापन नहुँदा नेपालगञ्जमा सामान्य वर्षात्मा पनि डुबान हुने गर

जलमग्न रुपन्देही

वर्षात्का कारण जलमग्न भएको रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ स्थित सोरौली दक्षिण क्षेत्र ।

माइतीघर क्षेत्र जलमग्न

काठमाडौँ– राजधानीको माइतीघर मण्डला शनिबार अपराह्न जलमग्न भएको छ। वर्षाका कारण माइतीघर मण्डला क्षेत्र जलमग्न भएको हो। ढल फुटेका कारण उक्त अवस्था आएको स्थानीयले बताए। एक्कासी ठूलो पानी परेपछि जमेको पानी निकास नहुँदा उक्त क्षेत्र तालमा परिणत भएको थियो। यसका कारण  केहीबेर सवारीसाधनको आवागमनमा समेत कठिनाइ भएको थियो। पैदल यात्रुलाई बाटो वारपार गर्न पनि समस्या भएको […]