बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले जालझेल गरी नियुक्त भएका कारण मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् ।बिहीबार प्रेस विज्ञप्ति जारी उनीहरुले पोखरेललाई प्रदेश प्रमुखले जालझेल गरी मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन् । प्रदेशसभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाको बहुमत आफूहरुसँग भएकाले बहुमत प्राप्त विपक्षी गठबन्धनका कुलप्