काठमाडौँ- काठमाडौँस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ ।
‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।
दशैंमा खसीको पक्कु, मांघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा भनेजस्तै तिहारको खास परिकार हो, सेलरोटी । तिहार भन्नसाथ धेरैले सेलरोटी सम्झन्छन् । सेलरोटी भन्नसाथ धेरैले तिहार सम्झन्छन् । यद्यपि तिहारमा सेलरोटीसँग अरु थुप्रै किसिमको मिठाई बनाउने, खाने वा खुवाउने गरिन्छ । र, यस्ता थुप्रै मिठाई छन् जो बर्षौदेखि नेपाली भान्सामा पाक्दै आएका छन् । […]
काठमाडौं । चाडपर्वमा घरमा सेलरोटी, पुरीजस्ता परिकारहरु पाक्छन् । यस्ता खानेकुराको लागि तेल पनि धेरै खपत हुन्छ, साथै समय पनि । तारेर पकाइने खानेकुरामा तेल त्यसै बाँकी रहने भएकाले त्यसलाई फेरि प्रयोग गर्ने अधिकांशको बानी हुन्छ । तर एकपटक प्रयोग गरेको तेललाई फेरि प्रयोग गर्नु हानिकारक हुने पोषणविद् अनुश्री आचार्य बताउँछिन् । एउटै तेललाई पटकपटक […]
काठमाण्डाै – तिहारमा खाइने खाने कुरा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै खान डाक्टरले सुझाव दिएका छन् । तिहारको समयमा चिल्लो, पिरो, तारेकाे खाने कुरा धेरै खाइने र यसले स्वास्थ्यमा असर गर्न सक्ने भन्दै खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् ।
सेलरोटी, तारेका तरकारी र अचार, माछामासु लगायतका खानेकुराले स्वास्थ्यमा गर्ने बेफाइदाबारे कमैले मात्रै हेक्का राख्ने गरेका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलितरूपमा मात्रै खान कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवनका डा. खुशराज देवानले सुझाव दिनुभयो ।...
साधारण मिठाईहरु त घरमा नै पनि बनाउन सकिन्छ। सेलरोटी बनाउने र त्यसको उचित मात्रामा मात्र खाने गर्न सकिन्छ। सेल, पुरी, हलुवा, दालमखनाजस्ता घरमा नै बनाउन सकिने खानेकुरा बढी प्रयोग गर्नुपर्छ।
काठमाडौं । तिहारमा सेलरोटी, दशैंमा खसीको पक्कु, माघे संक्रान्तिमा कन्दमूल, असार १५ मा दही-चिउरा भनेजस्तै तीजको विशेष खान्की हो, दर । खासगरी दूग्धजन्य परिकार बनाएर दरको रुपमा खाने प्रचलन छ । खीर, ढकनेसँगै अरु मीठोमसिनो परिकार बनाएर छोरीचेलीलाई खुवाउने गरिन्छ । अहिले भने तीजको शैली फेरिएसँगै दरको व्यञ्जन पनि फेरिएको छ । दरको रुपमा अनेकथरी […]
म्याग्दी – नेपाली समाजमा दशैँ पर्व भन्ने बित्तिकै प्रायः मासु खाने पर्वका रुपमा लिइन्छ । दशैँमा मासु, केरा, कुराउनी, स्याउलगायत फलफूलहरुको बढी प्रयोग हुन्छ । दशैँलाई नेपालीहरुको महान पर्वका रुपमा मानिएको छ ।
दशैँपछि लगत्तै आउने अर्को दोस्रो ठूलो पर्व हो, तिहार । तिहार भनेपछि खासगरी सेलरोटी, झिनियाँलगायत परिकारलाई सम्झिन्छ । तिहारमा मुख्य रुपमा सेल पकाउने र झिनियाँ बनाउने गरिन्छ । नेपाली समाजको आफ्नै खाले विशेषता भएकाले चाडपर्वअनुसार विभिन्न परिकारहरु बनाएर खाने चलन छ।
तिहार पर्व विशे...
काठमाडौं– हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार चलिरहेको छ । तिहारको विशेष दिन भाइटीका हो । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने, मखमली तथा सयपत्री माला लगाउने र मीठामीठा परिकार खुवाउने चलन रहेको छ । दशैंको मुख्य खाना मासु भएजस्तै तिहारमा सेलरोटी, विभिन्न किसिमका मिठाइ, भाइमसला, फलफूल खाने चलन रहेको छ । रप्तरंगी टीका […]
दशैँमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दशैँमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दशैँमा मासुको खपथ अत्यधिक हुने गर्छ । […]
‘दशैं आयो, खाउँला पिउँला’ । भलै आजको दिनमा मीठो मसिनो खानका लागि दशैं कुर्नुपर्ने बाध्यता नहोला, तर दशैं भन्नसाथ सबैलाई लाग्छ यो मीठोमसिनो खाने चाड हो । तिहारको सेलरोटी, माघे संक्रान्तिको कन्दमुल, असार पन्ध्रको दही –चिउरा भनेजस्तै दशैंको विशेष व्याञ्जन हो, खसीको मासु । त्यसमा पनि खसीको पक्कु । पाहुना लाग्दा होस् वा पाहुनालाई घरमा […]
अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुँरा तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रूपमा चिनिएको कोदोका परिकार बनाएर मनग्य आम्दानी लिन थालेका छन् ।
सामान्यतयाः कोदोको ढिडो, रोटी खाना र खाजाको रूपमा प्रयोग गरिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरवासमा भने कोदोको सेलरोटी प्रमुख आकर्षणका रूपमा छ । बर्खामा आलु र हिउँदमा कोदोको ढिडो र सेलरोटी घरवासको विशेष आकर्षणको रुपमा राखिएको छ । घरवास पुग्ने पाहुनाले चामलको सेल रोटी खाएको भए पनि कोदोको सेल नखाएको भन्दै खुब रुचाउँदै खाने गरेको घरवास सञ्चालक बताउँछन् । कोदोको सेलरोटीले आगन्तुक पाहुनालाई निकै लोभ्याउँदो रहेछ । आगन्तुक पाहुनाले कोदोको ढिडो, कोेदोको सेलरोटी, फापरको परिकार, उसिनेका आलु, सिल्टुमरको चटनी, आलु चिप्स, आलु अचार, आलु रोटीलगायतका परिकारले आन्तरिक तथा बाह्य पाहुनाको मन जित्ने गरेको घरवास सञ्चालक माया घर्तीले बताउनुभयो ।