काठमाण्डाै – तिहारमा खाइने खाने कुरा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै खान डाक्टरले सुझाव दिएका छन् । तिहारको समयमा चिल्लो, पिरो, तारेकाे खाने कुरा धेरै खाइने र यसले स्वास्थ्यमा असर गर्न सक्ने भन्दै खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् ।
सेलरोटी, तारेका तरकारी र अचार, माछामासु लगायतका खानेकुराले स्वास्थ्यमा गर्ने बेफाइदाबारे कमैले मात्रै हेक्का राख्ने गरेका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलितरूपमा मात्रै खान कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवनका डा. खुशराज देवानले सुझाव दिनुभयो ।...