दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन्। हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारीसाधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सहज हुने गरी मर्मत सुरु भइसकेको छ । आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डन्डासम्म एक सिफ्ट र डन्डादेखि दाउन्ने अर्काे सिफ्ट गरी दुई चरणमा मर्मत भइरहेको छ । गैँडाकोटदेखि बेल्डियासम्म मर्मत सकिएको छ भने कावासोती, दलदले डन्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो ।
धादिङ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ । नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो […]