दसैँ यात्रा सहज बनाउन मर्मत गरिँदै राजमार्ग

स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारीसाधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सहज हुने गरी मर्मत सुरु भइसकेको छ । आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डन्डासम्म एक सिफ्ट र डन्डादेखि दाउन्ने अर्काे सिफ्ट गरी दुई चरणमा मर्मत भइरहेको छ । गैँडाकोटदेखि बेल्डियासम्म मर्मत सकिएको छ भने कावासोती, दलदले डन्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो ।

सम्बन्धित सामग्री

हनुमाननगर–राजविराज सडक जीर्ण

दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन्। हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

दसैँ यात्रा सहज बनाउन राजमार्ग मर्मत गरिँदै

स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ ।

काठमाडौं भित्रिने बाहिरिने मुख्य राजमार्ग : अत्याधिक खाल्डा, कष्टकर यात्रा

धादिङ ।  संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ ।  नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो […]