काठमाडौं भित्रिने बाहिरिने मुख्य राजमार्ग : अत्याधिक खाल्डा, कष्टकर यात्रा

धादिङ ।  संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको त्रिभुवन राजपथ र पृथ्वीराज मार्गको नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डीका करण यात्रा कष्टकर हुने गरेको छ ।  नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दसैँ तिहार नजिकिँदै जाँदै व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो […]

सम्बन्धित सामग्री

ठेकेदारले बेलामा काम नसक्दा धुलिखेल-खावा सडकमा यात्रुलाई सास्ती (भिडिओ)

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अवरुद्ध हुने गरेको छ । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरूले कष्टकर यात्रा गर्न बाध्य छन् । धुलिखेल-खावा चार किलोमिटर सडकखण्डको […]

दाउन्नेमा यात्रा कष्टकर [तस्बिरहरु]

महेन्द्र राजमार्ग हुँदै पूर्व-पश्चिम हिँड्ने यात्रुलाई दाउन्ने खण्डको यात्रा कष्टकर भएको छ । फराकिलो पार्न भन्दै भत्काएर छोडेको सडकमा ठुल्ठूला खाल्डाखुल्डी, धूलो र हिलोका कारण यातायातका साधन सञ्चालन र यात्रुले सास्ती खेप्नु परेको हो ।

सहायक सडकले तम्घास–सिमलटारीमा सास्ती (तस्वीरहरू)

३ असार, गुल्मी । गुल्मीमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्ड जीर्ण बन्न थालेको छ । सहायक सडक विस्तारको क्रममा फालिएको माटोले मुख्य सडकको कालोपत्रे भत्काएर यात्रा कष्टकर बनाएको छ । वर्षाले सहायक सडक विस्तारका …

सडकहरूको दुर्दशा कहिलेसम्म ?

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको विस्तारका लागि ४२ महीनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २५ गते सम्झौता भएको ५ वर्ष पुग्न लागेको छ तर यस खण्डको काम कहिले सम्पन्न हुने हो अझै ठेगान छैन । यस सडक खण्डमा जताततै खनेर छाडिएको र फाट्टफुट्टमात्रै काम भइरहेकाले यस खण्डमा यात्रा गर्नेहरूले सरकार र ठेकेदार कम्पनीलाई गाली गर्दै यात्रा गर्ने गरेका छन् । दुर्घटना हुने, धूलोले यात्रुको रूपरंग नै नचिनिने हुने र सवारीसाधनको आयु नै घट्ने गरी असर पर्ने तथा स्थानीयको स्वास्थ्यमा प्रभाव पार्ने भए पनि सरकारले ठेकेदार कम्पनीलाई दुईपटक थपिएको समयमा समेत काम गर्न ताकेता गर्न सकेको छैन । त्यसो त निर्माण कार्य ढिला हुनुमा मन्त्रालयहरूबीच समन्वय नहुनु पनि एउटा कारण हो । सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कामै नगरे पनि पटकपटक यसको म्याद थपिएको छ । यसरी म्याद थपिँदै जाँदा लागत बढी पर्ने त देखिन्छ नै अन्य असरका बारेमा कसैले चासो दिएको पाइँदैन । जनताप्रति उत्तरदायी सरकार नहुँदा नै यस्तो गम्भीर समस्यामा पनि वास्ता नगरेको हो भन्न सकिन्छ ।  समस्या नारायणगढ–बुटवल सडक खण्डमा मात्र होइन, विभिन्न राजमार्गमा यस्तै समस्या देखिन्छन् । काठमाडौंबाट पोखराको यात्रा दूरीका हिसाबले ४/५ घण्टा हो तर अहिले झन्डै १० घण्टा लाग्ने गरेको छ । यहाँ पनि सडक विस्तारको काम चलिरहेको छ र काम सुस्त छ । पृथ्वीराजमार्गको विभिन्न खण्डमा विस्तारको काम भइरहेकाले यात्रा निकै जोखिमपूर्ण र कष्टकर भइरहेको छ । काठमाडौं जोड्ने कान्तिपथ होस् वा अन्य सडक सबैको अवस्था निकै जोखिमपूर्ण छ । नागढुंगाबाट नौबीसेसम्म पुग्न महाभारत जितेजस्तो हुन्छ । सवारीसाधान कि धूलाम्य कि हिलाम्य हुने गरेको छ । आधा घण्टाको बाटो छिचोल्न ३/४ घण्टासम्म लाग्ने गरेको छ । यस्तो अत्यासलाग्दो र जोखिमपूर्ण यात्रा गर्न जनता बाध्य हुँदा प्रधानमन्त्रीदेखि सम्बद्ध मन्त्रीसम्मले कुनै चासो र चिन्ता लिएको देखिँदैन । दैनिक हजारौं यात्रुले यस्तो सास्ती पाउँदा र समय तथा सम्पत्ति खेर जाँदा चासो नराख्नु भनेको हदैको लापर्बाही हो ।  मुलुकमा विकास निर्माणका काम तीव्र गतिमा हुनुपर्छ । खासगरी सडक पूर्वाधार बलियो हुनैपर्छ । तर, नेपालका कुनै पनि सडक सही अवस्थामा छैनन् । बीचबीचका केही खण्ड राम्रा होलान्, त्यो अलग कुरा हो । तर, कुनै एउटा गन्तव्यबाट अर्को गन्तव्यमा पुग्न जुन हन्डर र सास्ती खेप्नु परेको छ त्यसको हिसाबकिताब गरेर साध्य नै छैन । त्यसैले मानिसहरू सकेसम्म यी राजमार्ग र सडकमा यात्रा गर्न चाहँदैनन् । यस्तो सडक पूर्वाधारबाट पर्यटक आगमन कसरी बढाउन सकिएला ? यो अर्को चिन्ताको विषय हो ।  समयमा आयोजना सम्पन्न नहुनुमा सरकारको पनि दोष देखिन्छ । तर, आयोजनामा आएका समस्या समाधान गर्न पहल छैन । भाषणमा अनेक बहानाबाजीचाहिँ पाइन्छ । त्यस्तै सरकारको कमजोरीको फाइदा उठाएर समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई सचेत पार्ने, कारबाही गर्ने वा ठेक्का रद्द गर्नेसम्मका काम गर्न सरकार चुकिरहेको छ । सरकारले नै गल्ती गरेकाले कारबाही गर्न सक्ने नैतिक साहससमेत सरकारसँग देखिँदैन ।  सडक विस्तार गरिनु राम्रो हो । नयाँ सडकहरू धेरैभन्दा धेरै बन्नुपर्छ । सडक सञ्जालले अर्थतन्त्रलाई नै गति दिन्छ । त्यसअनुसार विभिन्न सडक खण्डको विस्तार र नयाँ सडकको निर्माणको काम भइ नैै रहेका छन् । तर, पटकपटक म्याद थप्ने काम भने रोकिनुपर्छ । ठेकेदार कम्पनीहरूलाई मोबिलाइजेशनको रकम बढी दिँदा उनीहरूले त्यो रकम अन्यत्र लगानी गर्ने र काम गरेको जस्तो मात्रै देखाउने परिपाटी पनि छ । त्यस्तै सरकारी कर्मचारी नै ठेकेदारसँग मिलेर काममा ढिलाइ गर्न छूट दिएको पनि पाइन्छ । ठेकेदार कम्पनीले खोज्ने बहाना आफ्नो ठाउँमा छँदै छ । यस्तो गतिले राष्ट्रिय बेइज्जती नै भएको छ । प्रधानसेनापतिले चारओटा रूख काट्न ९ महीनामा पनि स्वीकृति नमिलेको भन्ने भनाइले सरकारको बेवास्तालाई नै पुष्टि गर्छ । अत: पूर्वाधार निर्माणका यी बेथितिलाई सम्बोधन त गर्नुपर्छ नै । यसबाट प्रभावित जनतालाई क्षतिपूर्तिसमेत दिनुपर्छ । त्यस्तो क्षतिपूर्ति सम्बद्ध ठेकेदार कम्पनीबाट तिराउने हो भने बल्ल उनीहरूले समयमा काम गर्ने छन् ।

स्तरोन्नति नहुँदा कर्णाली राजमार्गको यात्रा पीडादायी बन्दै

कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि जुम्ला सम्मको २ सय ३२ किलोमिटर सडक सञ्चालनपछि यस क्षेत्रका बासिन्दाको जीवनस्तर बदलिँदै गएको छ। विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी राजमार्गबाट मुगु जिल्लामा यातायात सञ्चालन भएपछि सहज आवतजावत र

भासिएको सडकमा पहिरोले झन् सास्ती

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा पहिरो र सडक भासिँदा यात्रा कष्टकर बनेको छ । पहाडबाट तराई झर्ने सोझो राजमार्ग भएकाले झन्डै १२ जिल्लाका यात्रुले यही सडक प्रयोग गर्छन् । तर, यसै सडकमा यात्रा गर्दा दैनिकजसो कष्ट बेहोर्नुपर्छ ।