दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरु मर्मत हुन सकेका छैनन्। हनुमाननगर– राजविराज सडक खण्ड जीर्ण हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
सुर्खेत– कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ । यो सडकमा दैनिक गाडी चलाउँदै आएका रमेश शाहीले सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० […]
काठमाडौँ : सबैलाई लाग्न सक्छ- काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा चिरिच्याँट्ट सडक छन्‚ चिल्ला सडकमा सवारीसाधन गुड्छन्।यसरी सोचेजस्ता उपत्यकाका सडक न त चिल्ला छन् न समयमै मर्मत भएका छन्।७ वर्षदेखि ललितपुरकै ललितपुर महानगर-१४ स्थित स्वाभाहिटी नंखुडोल मार्ग अर्थात् महालक्ष्मी चोक–नख्खुपुल सडक जीर्ण छ‚ सडकमा खाल्डैखाल्डा छन्। धुलो त्यस्तै। यही सडकबाट स्थानीय र त्यहाँ बाटो हुँदै हिँड्ने सवारीचालक होस् या सर्वसाधारण‚ सबै आजित छन्। मर्मतमा
राजविराज- पाँच वर्षदेखि राजविराज–हनुमाननगर सडक खण्ड जीर्ण हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । पाँच वर्षसम्म पनि जीर्ण सडक मर्मत नहुँदा आवागमनमा समस्या भएको स्थानीयको भनाइ छ । सडकमा परेका ठूलासाना खाल्डाले सवारीसाधन आवतजावतमा सकस हुने गरेको स्थानीय कमल मण्डलले बताए । हनुमाननगर र राजविराज जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा […]
काठमाडौं, पुस २ । सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले कुनै पनि ठाउँको समृद्धिमा ठुलै धक्का पुर्याउँदो रहेछ। त्यसको एउटा उदाहरण हो, लमजुङ । मध्य नेपालको सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दैछ […]
सिन्धुली । लगातारको वर्षाले बाढी पहिरो जाँदा सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रका सडकहरू जीर्ण बनेका छन् । सदरमुकाम सिन्धुलीमाडीबाट ग्रामिण क्षेत्रका विभिन्न स्थानमा आवाजजावत गर्नका लागि खोलिएका ग्रामिण सडक बिग्रिएर दयनीय अवस्थामा पुगेको हुन्। अबिरल वर्षाले सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ् सडक, सोलाभञ्ज्याङ्–मझुवा सडक, खनियाखर्क–तीनकन्या सडक र बस्तिपुर–रामपुर लगायतका ग्रामीण सडक भत्किंएर यातायातका साधनहरू समेत संचालन गर्न समेत कठिनाई […]
खोटाङ – कालोपत्रे उप्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा २०६७ सालमा गरिएको ओटासिल पिच उप्किँदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत जयराम–हलेसीको च्यास्मीटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उप्किँदा सडकमा खाल्डाखुल्डी बनेका छन् । निर्माण भएकाे तीन/चार वर्षमै कालोपत्रे उप्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको ह...
खोटाङ- कालोपत्रे उक्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ । ३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिक स्थल हलेसी मन्दिर […]
राष्ट्रिय राजनीतिमा प्रशावशाली नेता, उच्चपदस्थ कर्मचारीहरू भएको गुल्मीका ठूला सडक आयोजना मात्र होइनन्, नयाँ, पुराना र रणनीतिक सबैखाले सडकको अवस्था भने कन्तबिजोग छ
गत १ कात्तिकमा मुसिकोट नगरपालिका–६, भुवाचिदीका नरबहादुर गुरुङको...
सडक उस्तै चिराचिरा परेको छ। समयमै मर्मत सम्भार नहुने हो भने अझै सडक जीर्ण हुँदैन जाने निश्चित छ। मर्मत सम्भारको अभावमा सडक जीर्ण हुँदा यातायातका साधानहरुलाई समस्या हुँदै गएको छ।...