गण्डकी, १४ असार । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका […]