त्रिभुवन विश्वविद्यालय, टिचिङ अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ। अस्पतालले सूचना जारी गर्दै करार सेवाका लागि २५ जना स्टाफ नर्स माग गरेको हो।
२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स पढाउने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पताल कालागाउँ मातहत एचए र स्टाफ नर्स पढाइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने नीति लिएको सरकारले तत्काल एचए […]
माझखर्क (दैलेख) । ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया कशिोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो । दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स पढ्ने रहर जागेको थियो । तर, विडम्बना स्टाफ नर्स बन्ने सपना बोकेकी दशौदीको आजभोलि भाइबहिनीको रेखदेख र घरायसी काममा […]
The post दुर्गमकी चेलीको स्टाफ नर्स पढ्ने सपना अधुरै appeared first on राजधानी राष्ट्रिय दैनिक.
अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो।
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ । शिक्षण अस्पतालले करार सेवामा पदपूर्तिका लागि २५ जना स्टाफ नर्स मागेको हो । त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख गरिएको छ । आवेदन फारम भर्नका लागि आज (बिहीबार) […]
म्याग्दी – सरकारले सामुदायिक विद्यालयलाई लक्षित गरेर ल्याएको ‘एक विद्यालय, एक स्टाफ नर्स’ कार्यक्रम म्याग्दी र बागलुङका विद्यालयमा पनि लागू गरिएको छ ।
सरकारले नेपालको ६० वटा विद्यालयमा ‘एक विद्यालय, एक स्टाफ नर्स’को कार्यक्रम लागू गरेकोमा गण्डकी प्रदेशमा म्याग्दी र बागलुङ जिल्ला छनोट भएका हुन् । त्यसमध्ये म्याग्दीको बेनी नगरपालिकाको पाँचवटा र बागलुङको बागलुङ नगरपालिकामा पनि पाँचवटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गरी कार्यान्वयनमा ल्याएको दुवै नगरपालिकाले जनाएका छन् ।
विद्यालय छनोट मापदण्...