काठमाडौँ – निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेका ८२ दललाई सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो। आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन […]