वर्ष २०२१ फाप्यो भने बलिउडले कोरोना महामारीका कारण गुमाएको धेरै नोक्सानीको क्षतिपूर्ति गर्ने देखिएको छ ।
त्यति मात्रै होइन, २०२१ ले चलचित्र निर्देशक, निर्माता, निर्माण कम्पनी र कलाकारहरूमा एक खालको ऊर्जा दिने संकेत पाइएको छ । यो वर्ष बलिउड चम्कियो भने त्यसले नेपाली चलचित्र उद्योगलाई समेत चलायमान बनाउन ठूलो मद्दत पुग्नेछ ।
बलिउड पुरानै लयमा फर्किनु भनेको कोरोना महामारीअघि जसरी दर्शक हलमा थामिनसक्नु तरिकाले भरिभराउ हुन्थे, त्यस्तै हुनु हो । तर बलिउड पण्डितहरूले भने केही चलचित्रको प्रदर्शनपछि हलमा दर्शकको उपस्...