प्रदिप भन्छन्- स्क्याण्डलले फिल्म चल्दैन

काठमाडौं : अभिनेता प्रदिप खड्काले फिल्म चल्नको लागि फिल्म नै राम्रो हुनुपर्ने बताएका छन्। मंगलबार नयाँ फिल्म 'प्रकाश'को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै स्क्याण्डलले फिल्म नचल्ने बताएका हुन्।फिल्मकर्मीलाई फिल्म चलाउनको लागि विभिन्न स्क्याण्डल गरेको आरोप लाग्ने गरेको प्रसंगमा बोल्दै प्रदिपले फिल्म चल्नको लागि कुनै स्क्याण्डल काम नगर्ने बरु फिल्म नै राम्रो हुनुपर्ने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, 'फिल्म भनेको कन्टेन्टले चल्ने हो।फ्राइडे स्याटर्डे चर्चाले अलिकति असर ग