नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पदाधिकारीसहित भ्रातृ संस्था गठन गर्न दबाब बढेको छ । साउन मसान्तभित्र भ्रातृ संस्थाको गठन र पूर्णता दिने तयारीमा रहेका देउवालाई पदाधिकारीसहितको कमिटी ल्याउन दबाब परेको हो । पार्टीका संस्थापन र इतर पक्षका नेताहरुले पदाधिकारीसहितको कमिटी ल्याउनुपर्नेमा जोड दिन थालेका छन् । तर सभापति देउवा भने सबै भ्रातृ संस्थामा महाधिवेशन प्रयोजनका लागि प्लेन कमिटी नै ल्याउने तयारीमा छन् ।देउवाले नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्र मनोनित गरेर