तरुण दलले पायो नयाँ अध्यक्ष, सम्हाले कार्यभार

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले सोमबार पदभार ग्रहण गरेका छन्। गुरुङ यसअघि तरुण दलका कोषाध्यक्ष थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए। यसअघि अध्यक्ष रहेका जितजंग बस्‍नेत गत महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य बनेपछि तरुण दल नेतृत्वविहीन बनेको थियो। […]