नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।उनका अनुसार नेविसंघ, महिला संघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय