नयाँ सहर आयोजना : फिदिममा सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त

पाँचथर । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्य पहाडी) […]

सम्बन्धित सामग्री

नमुना सहर बन्दै कर्णालीका गाउँ

कर्णाली प्रदेशभित्र विभिन्न स्थानमा नमुना सहरका रूपमा विकास गर्न काम सुरु गरिएको छ । ती स्थानहरूमा १३ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण भइरहेको छ । हिमाल तथा पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको छ । त्यहाँ २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको हो । आयोजना निर्माणको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६४ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले विभिन्न खण्डमा आयोजनाका लागि पूर्वाधार निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

कर्णालीमा नयाँ सहर, पूर्वाधार निर्माणले लिएन गति

कर्णालीका विभिन्न स्थानमा १२ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण कार्य कछुवा गतिमा अघि बढिरहेको छ । तोकिए अनुसार पूर्वाधारको कामसमेत सन्तोषजनक नभएको पाइएको छ । हरेक वर्ष बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा फितलोपनले योजनाले मूर्त रूप पाउन नसकेको हो । राकमकर्णाली नयाँ सहर आयोजना निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको हो ।

नयाँ सहर आयोजना : सधैँ बजेट अभाव, पूर्वाधार निर्माण सुस्त

पाँचथर– नयाँ सहरका रूपमा विकास भइरहेको फिदिममा पूर्वाधार निर्माणका लागि सधैँ बजेट अभाव हुने गरेको छ । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ […]