अन्नपुर्ण पदमार्गमा साढे दुई करोड लगानीमा न्यु वाटरफल होटल निर्माण
चक्रिय अन्नपूर्ण पदमार्गमा साढे दुई करोड लगानीमा होटल निर्माण गरिएको छ । पदमार्ग अन्तर्गत मर्स्याङ्दी गाउँपालिका ४ स्यागेँमा दुई करोड ५० लाख लगानीमा होटल निर्माण गरिएको हो । मर्स्याङ्दी गाउँपालिका...
काठमाडौँ, २९ असोज । टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवनको निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौँको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो । नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे । कार्यक्रममा […]
१७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्केटबोर्ड’ निर्माण गर्ने भएको छ । ‘स्केटबोर्ड’ निर्माणका लागि महानगरपालिकाले टेण्डर आह्वान समेत गरिसकेको छ । महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाका अनुसार करिब ६ करोड रूपैयाँ लागतमा बालाजुमा ‘स्केटबोर्ड’ निर्माण गरिने छ । ‘बालाजुको १७ रोपनी जग्गामा ‘स्केटबोर्ड’ निर्माणका लागि टेण्डर प्रक्रियामा गएका छौं, ठेक्का लागेको ६ महिनाभित्र […]
प्रसिद्ध धार्मिकस्थल रेसुंगाको काखमा एक समाजसेवीले एक करोड रुपैयाँभन्दा बढीको लगानीमा मन्दिर निर्माण गरेका छन् । गुल्मीदरबार गाउँपालिका– ३ का सुब्बा बस्नेतले व्यक्तिगत लगानीमा रामसीता मन्दिर निर्माण गरेका छन् ।
उनले...
जुम्लाको चन्दननाथ नगरपालिका–५ राजासिम चौरमा ५० करोड लगानीमा रंगशाला निर्माण हुने भएको छ । खेलाडीलाई प्रोत्साहन र उनीहरूको समस्यालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुन लागेको हो । रंगशाला नहुँदा खेलाडीहरूले...
जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका […]
दिपेन्द्र घलेसिन्धुपाल्चोक-संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागको ३ करोड लगानीमा ‘एडभेन्चर भिया फराता’ निर्माण गरिएको छ ।जिल्लाको दुर्गम स्थल मानिने जुगल गाउँपालिकाको जुगल हिमश्रृंखलाका ६ वटा चुचुरोमा आरोहण गर्न आर्कषक ‘भिया फराता’ अर्थात् फलामे पदमार्ग निर्माण गरिएको हो ।अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिंह गुरुङको अगुवाइमा ७ जनाले २५ दिन खर्चिएर ‘एडभेन्चर भिया फराता’ […]
तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ ।
करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।
बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।
फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
...
लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने भएको छ । झण्डै चार करोड बजेट लगानी गरी नगरपालिकाले चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको हो ।मध्यनेपाल नगरपालिका–३ र ४ को सिमाना भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी गरेको हो । मोटरेबल पुल निर्माणका लागि केही […]
नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन-सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो।