काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा पुरुषको तुलनामा महिला श्रमिकले बढी आत्महत्या गर्ने गरेको पाइएको छ ।
प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले गरेको एक अध्ययनले वैदेशिक रोजगारीको क्रममा पुरुषको तुलनामा महिला श्रमिकले बढी आत्महत्या गर्ने गरेको देखाएको हो ।
पीएनसीसीमा ९ वर्षको अवधिमा दर्ता भएका मृत्यु सम्बन्धी १९ सय १९ केशहरूको विश्लेषण गरी गरिएको अध्ययनमा आत्महत्या गर्ने पुरुष श्रमिकको सङ्ख्य ९ प्रतिशत रहेको छ भने महिलाको सङ्ख्या २४ प्रतिशत रहेको छ ।
यो तथ्याङ्कले वैदेशिक रोजगारीमा गएका श्रमिकको मानसिक स्व...