बझाङ : बझाङमा आत्महत्या दर बढ्न थालेको छ। पछिल्ला तीन वर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका छन्।आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ। आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा २० महिला र ९ पुरुष गरी २९, आर्थिक वर्ष २०७७/७८ मा १९ महिला र १७ पुरुष गरी ३६, आर्थिक वर्ष २०७८/७९ मा १७ महिला र १२ जना पुरुष गरी २९ र आर्थिक वर्ष २०७९/८० को दुई महिनामा ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाले आत्महत्या
बझाङ, भदौ २३ । पछिल्लो समय बझाङमा स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको हो । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बझाङले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये दैनिक तीन/चार जनालाई स्क्रब टाइफस देखिने गरेको छ । केही स्क्रब टाइफसका […]
बझाङ जिल्लामा यस आर्थिक वर्षको साउन महिनायता २३ वटा बलात्कारसँग सम्बन्धित घटना भएका छन् ।गत वर्षको तुलनामा यो ९ महिनाको अवधिमा बलात्कार तथा बलात्कार प्रयासका घटना धेरै भएका छन् । गत आर्थिक वर्षमा बलात्कार तथा बलात्कारको प्रयासका १२ वटा घटना भएकोमा यस वर्ष नौ महिनाकै अवधिमा दोब्बर घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ […]