तीन वर्षदेखि ग्राउन्डेड जहाजबाट वार्षिक करोडौं रकम घाटा

काठमाडौँ, जेठ ३१ । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद […]

सम्बन्धित सामग्री

थन्किएका चिनियाँ जहाजमा वार्षिक ४८ करोड खर्च

वार्षिक ५० करोडसम्म घाटा भएपछि ०७७ सालदेखि ग्राउन्डेड गरिएका पाँचवटै जहाजमा थपिँदै छ लगानी साढे तीन वर्षदेखि नउडाई पार्किङ गरेर राखिएका चिनियाँ जहाजहरू नेपाल वायुसेवा निगम (नेवानि)का लागि आर्थिक रूपले बोझिलो...

फूलखेतीबाट वार्षिक आठ लाख बढी आम्दानी

जुगेडी (धादिङ)– धुनीबेसी नगरपालिका–९, जुगेडीमा १८ वर्षदेखि हेमलाल र रमाको जोडी फूलखेतीमा लागेका छन् । उनीहरूले फूलखेतीबाट वार्षिक ८ लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । यो जोडी दैनिक १० घण्टाजति समय फूलबारीमा हुन्छन् । उनीहरूको मुख्य काम नै फूलखेती गरेर पैसा कमाउनु हो । २०६१ सालमा काभ्रेपलाञ्चोक पाँचखालकी रमा श्रेष्ठसँग वैवाहिक जीवन सुरु गरेका […]

आइएमई जनरल इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा भएको उक्त साधारणसभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको […]

निगमलाई वार्षिक ४४ करोड व्ययभार थपिने गरी इन्धनको ढुवानी भाडा बढाइयो

नेपाल आयल निगमले दुई वर्षदेखि व्यहोर्दै आएको चरम नोक्सानीलाई पूर्ण रूपले बेवास्ता गर्दै वार्षिक ४४ करोड व्ययभार थपिने गरी इन्धन ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । निगमले...

आठ वर्षदेखि बन्द छ चौरजहारी विमानस्थल

वीरेन्द्रनगर- जाजरकोट र सल्यानलाई लक्षित गरेर निर्माण गरिएको रुकुम-पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो। देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको हाे। आठ वर्षदेखि बन्द अवस्थामा […]

बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी

मोरङको सुन्दरहरैंचा–१  कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लागेका छन् । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गर्दै आएका छन् । “बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएँ”, उनले भने । उनको फार्ममा उन्नत जातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसी बाख्रा छन् । सुरुआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठा पाठीबाट व्यावसाय थालेका हुन् । ह

‘एस वार्षिक नाटक’ असार ३२ गते

काठमाडौँ- एस इन्स्टिट्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजना गरिने ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो। विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक बर्ष नाटक गर्दै आएका छन् । यसपालिको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । यसको नाट्य, आलेख र निर्देशन प्रदीपकुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन्। उक्त नाटक नेपाल […]

जोन्टा क्लब अफ काठमाडौंको नवौँ वार्षिक साधारणसभा

जोन्टा क्लब अफ काठमाडौंको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।जोन्टा क्लब विश्वका ६७ देशमा फैलिएको गैरनाफामूलक संस्था हो । नेपालमा विगत नौ वर्षदेखि स्वास्थ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल विवाह, मानव बेचबिखन, लैङ्गिक हिंसा र विभेदलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा कल्ब अफ काठमाडौंले जनाएको छ ।कार्यक्रममा क्लबका निवर्तमान प्रेसिडेन्ट सीमा गोल्छाले […]

वार्षिक ८० लाखको खर्चमा फोक्सिङ्टारमा सात वर्षदेखि अस्थायी बेलिब्रिज

पुस ५, खोटाङ । सगरमाथा राजमार्गअन्तर्गत फोक्सिङ्टारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज जडान गर्दा हासम्म रू. पाँच करोडभन्दा बढी राज्य कोषको रकम खर्च भइसकेको छ ।  जिल्लालाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा बिगत सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्दै आइएको छ ।  पक्की पुल निर्माण भइरहेको फोक्सिङ्टारस्थित सुनकोशी नदीमा यस वर्ष गाईघाट–दिक्तेल सडक आयोजनाको रू. ७८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले अस्थायी बेलिब्रिज जडान गरेर बिहीवारदेखि सञ्चालनमा ल्याएको छ । हिउँदभरी सञ्चालन गर्ने र वर्षा शुरु हुने बित्तिकै झिक्न गरी करीब ५० मिटर लम्बाई भएको फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको हो ।  १०० किमी लामो गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधैँ गाईघाट हुँदै धरान, बिराटनगरलगायत शहर जाने दोस्रो छोटो बाटो खुलेको छ । फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज नहुँदा खोटाङ जिल्लाका अधिकांश स्थानीयबासी दिक्तेलबाट घुर्मी–कटारी हुँदै पूर्वी शहर आउने र जाने गरेका छन् ।  फोक्सिङटारमा पक्की पुल नहुँदा अस्थायी बेलिब्रिज जडान गर्न वार्षिक रू. ८० लाखको हाराहारीमा राज्य कोषको रकम खर्च हुने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले जानकारी दिए । ‘फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्दा अहिलेसम्म रू. पाँच करोडभन्दा बढी खर्च भइसकेको छ’, उनले भने, ‘निर्माणाधीन पक्की पुलको काम यस वर्ष पनि सम्पन्न हुने अवस्था छैन । अर्को वर्ष पनि पुनः अस्थायी बेलीब्रिज जडान गर्नुपर्ने अवस्था छ ।’ गाईघाट–दिक्तेल सडक कालोपत्रको काम भइरहेको छ । सडक निर्माण भएको २७ वर्षसम्म धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको सडक वर्षायाममा सञ्चालन हुने सकेको छैन । फोक्सिङ्टारमा निर्माणाधीन आर्क डिजाइनको पक्की पुल समयमा निर्माण सम्पन्न हुन नसक्दा सुनकोशीमा पानीको बहाव घटेपछि लगाइने र वर्षायाम शुरु भएपछि झिक्ने अस्थायी बेलिब्रिजले हिउँदमा मात्र दिक्तेल–गाईघाट सिधा यतातयात सञ्चालन हुन्छ । फोक्सिङ्टारमा अस्थायी बेलीब्रिज जडान गरेपछि तराईका जिल्ला जोड्ने छोटो मार्ग दिक्तेल–गाईघाट सडक करीब ६ महीनामात्र सञ्चालन हुन्छ । जिल्लामा खपत हुने दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री सोही दिक्तेल–गाईघाट सडक भएर भित्र्याउने गरिन्छ । सिधा यातायात बिच्छेद भएपछि घुर्मी–कटारी हुँदै जिल्ला भित्र्याइने सामग्री महङ्गो हुने गरेको छ । गाईघाट हुँदै फोक्सिङटारबाट प्रतिकिलो साढे रू. ३ देखि ४ मा जिल्ला भित्रिने निर्माण सामग्री कटारी हुँदै जयरामघाटबाट भित्र्याउँदा प्रतिकिलो रू. साँढे ५ मा भित्रिने गरेको उद्योग वाणिज्य संघका महासचिव मनोज बजिमयले जानकारी दिए । फोक्सिङटारमा पक्की पुल निर्माणको कामले अपेक्षित गति लिन नसक्दा विकल्पमा सात वर्षदेखि अस्थायी बेलिब्रिज राख्ने गरिएको हो । फोक्सिङटारमा नौँ वर्षअघि मोटरेबल पुलको ठेक्का लागेर निर्माण शुरु गरिएपनि ठेकेदारको चरम लापारबाहीले हालसम्म सम्पन्न भएको छैन । सडक विभागको रू. १९ करोड ६० लाख नौ हजार ९४१ लगानीमा पार्वती–वाईपी जेभीले फोक्सिङ्टारमा १२० मिटर लामो मोटरेबल पुल निर्माणको काम शुरु गरेको थियो । नौ वर्षअघि पुल निर्माणको ठेक्का पारेको पार्वती–वाईपी जेभीले पुलको काम सन्तोषजनक नगरी अलपत्र पारेको स्थानीय बासिन्दाले बताएका छन् । विसं २०६९ चैत २३ गते सम्झौता गरेर २०७३ चैत २२ गते पुल निर्माणको सम्पूर्ण काम गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तोकिएको समयमा पुल निर्माणको काम नसकिएपछि पटकपटक म्याद थप गर्दै काम नगरेपछि पुल निर्माणको कामले गति लिनै सकेन । पहिलो म्याद गुजारेको ठेकेदार कम्पनीले क्रमशः २०७५ चैत ३० गतेसम्म र २०७७ पुस १३ गतेसम्म म्याद थपेपनि काम सम्पन्न गरेको छैन ।  चार वर्षमा सक्नुपर्ने पक्की पुलको काम नौँ वर्ष बित्दा भर्खर भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३६ प्रतिशत मात्रै भएको पाइएको छ । जमिनको अप्ठ्यारो काम सकिएकाले बढीमा जेठसम्म पुल सञ्चालन गर्ने तयारी भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि रामकुमार थापाले दाबी गरेका छन् । रासस

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।