चिसो बढ्यो : हल्का वर्षा र हिमपातको सम्भावना, पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन आग्रह

काठमाण्डाै - देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाण्डाैसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ । हिजोभन्दा आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेकाले देशभर नै चिसो बढेको छ । पश्चिमी वायु सक्रिय रहेकाले नै आज उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज बाग्मती, गण्डक...