काठमाडौं : उपत्यकामा बिहीबार वर्षकै सबैभन्दा चिसो महशुस गरिएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ। यो वर्षकै सबैभन्दा कम तापक्रम हो।बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस थियो। जाडो बढ्ने क्रममै रहेकाले आउने दिनमा अझै चिसो बढ्ने मौसमविद् मानन्धरले जानकारी दिए। न्यूनतमसँगै अधिकतम तापक्रम पनि घट्न थालेको छ। काठमाडौंसहित देशभर नै चिसो बढेको छ। बुधबार सबैभन्दा कम जुम्लाको तापक्रम माइनस २.८ डिग्री सेल्सियस थियो।