काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी मौसमविद् गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । ४ दिन अघि न्यूनतम तापक्रम ११ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा ८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । आज दिउँसो बागमती, गण्डकी तथा