नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकारको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ।
काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सर्वपक्षीय सरकार गठनको माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भंग गर्दै सर्वपक्षीय सरकार गठनको माग गरेको हो। “वर्तमान अन्तरिम सरकारलाई भंग गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ,” माओवादीले राष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ। २३ र २४ भदौमा भएका […]
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको महाधिवेशनको सुनिश्चितताका लागि वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले कार्यतालिका अनुसार महाधिवेशन गर्न समयको दबाब रहेकाले वडा र क्षेत्र हुँदै केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । अन्य अधिवेशन महाधिवेशनपछि […]