काठमाडौँ – ओखती साबुन तपाईँ हामीले सुनेको नाम हो। ओखती साबुन २०६५ सालदेखि नेपाली बजारमा आएको हो। ओखती साबुन उत्पादन गर्ने जयकाली जडिबुटी उद्योग प्रालिका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले ओखती साबुन पहिला पहिला बुढापाकाहरूले भन्ने गरेको ओखतीमुलो भन्ने शब्दबाट नामाकरण भएको बताए। बस्याल भन्छन्,‘ओखतीको पुरानो नामहरू हराउँदै गए,ओखतीको प्रयोग गर्ने मौलिक तरिकाहरू हराउँदै गएको बेलामा […]