रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेस  विजयी

रुपन्देहीको कञ्चन र सुद्धोधन गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ ।   शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल विजयी भएका छन् । बस्याल सात हजार नौ सय ८३ मत ल्याइ...

सम्बन्धित सामग्री

जनसङ्ख्या वृद्धिदरमा रुपन्देही नेपालकै दोस्रो ठूलो जिल्ला

जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ। सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् । तथ्यांक कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ। तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका […]

रुपन्देही २ को मतगणना रोकियो

प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ मा भइरहेको मतगणना रोकिएको छ । मतगणनास्थलमा कम्युटरमा राखिएको तथ्यांक र गणनास्थलको मतपत्रको संख्या फरक परेपछि मतगणना रोकिएको छ ।  गणनाका क्रममा ३४ मत...

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

६ मंसिर, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत […]

रुपन्देही –४ को मतगणना सुरु

रुपन्देही । रुपन्देही क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । नर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो । यस क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य […]

रुपन्देही विकासमा निकै अगाडि छ : उपाध्यक्ष पौडेल

रुपन्देही – पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको दाबी गर्नुभएकाे छ ।  बुटवलको कालिका मानविज्ञान माविमा आज शुक्रवार आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमुना बनेको उल्लेख गर्नुभयो । अरूले कल्पना नगरेको विकासको सुरुवात भएको दाबी गर्दै देशको शैक्षिक केन्द्रका रूपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उहाँले बताउनुभयो । शैक्षिक विकासमा कालिका मन...

रुपन्देही ११ लाई प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि

बुटवलः रुपन्देहीको भैरहवामा सम्पन्न प्रो-क्लब च्याम्पियनसीप क्रिकेटको उपाधि घरेलु टिम रुपन्देही ११ ले हात पारेको छ। शनिबार सम्पन्न फाइनलमा मलेसिया ११ लाई सात विकेटले पराजित गर्दै रुपन्देही ११ ले उपाधि हात पारेको हो। विश्व क्रिकेटका महारथी अष्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मरणमा प्रतियोगिता आयोजना गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले…

रुपन्देही–११ लाई प्रो–क्लब च्याम्पियनसिपको उपाधि

शन वार्नको स्मृतिमा भएको प्रो–क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले नेपाल जितेको छ । शनिबार भएको फाइनलमा खेलमा मलेसिया–११ लाई ७ विकेटले हराउँदै रुपन्देही च्याम्पियन बनेको हो । सिद्धार्थनगर क्रिकेट रंगशालामा मलेसिया–११ ले दिएको १४१ रनको लक्ष्य पछ्याएको रुपन्देही–११ ले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।रुपन्देही–११ को जितमा प्रज्वल थापाले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै सन्दीप रजालीले ४१ रनको योगदान गरे । बलिङतर्फ मलेसिया–११ का मुहमद वाफिक,

रुपन्देही–११ सँग पुलिस पराजित

नेपाल प्रो–क्लब च्याम्पियनसिपमा रुपन्देही–११ ले लगातार दोस्रो जित निकालेको छ । शेन वार्नको स्मृतिमा जारी प्रतियोगितामा आइतबार पुलिस क्लबलाई २९ रनले गरेको हो ।  रुपन्देही–११ को यो लगातार दोस्रो जित निकालेको हो । भैरहवाको सिदार्थनगर रंगशालामा रुपन्देही–११ ले दिएको ११८ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले १८ ओभर ५ बलमा ८८ रन बनाउँदै अलआउट भयो । पुलिसका लागि शंकर रानाले २८ को योगदान गरे । त्यस्तै रोशन बुदलले २५ रन तथा गुल्सन झाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो

राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन रुपन्देही जाँदै छन्। भण्डारी आज बिहान १० बजे रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले जानकारी दिए।

रुपन्देही आउँदै गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।  खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।