रुपन्देही – पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको दाबी गर्नुभएकाे छ ।
बुटवलको कालिका मानविज्ञान माविमा आज शुक्रवार आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमुना बनेको उल्लेख गर्नुभयो । अरूले कल्पना नगरेको विकासको सुरुवात भएको दाबी गर्दै देशको शैक्षिक केन्द्रका रूपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
शैक्षिक विकासमा कालिका मन...