रुपन्देही–११ लाई प्रो–क्लब च्याम्पियनसिपको उपाधि

शन वार्नको स्मृतिमा भएको प्रो–क्लब च्याम्पियनसिपको उपाधि रुपन्देही–११ ले नेपाल जितेको छ । शनिबार भएको फाइनलमा खेलमा मलेसिया–११ लाई ७ विकेटले हराउँदै रुपन्देही च्याम्पियन बनेको हो । सिद्धार्थनगर क्रिकेट रंगशालामा मलेसिया–११ ले दिएको १४१ रनको लक्ष्य पछ्याएको रुपन्देही–११ ले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।रुपन्देही–११ को जितमा प्रज्वल थापाले ७१ रनको अर्धशतकीय पारी खेले । यस्तै सन्दीप रजालीले ४१ रनको योगदान गरे । बलिङतर्फ मलेसिया–११ का मुहमद वाफिक,