विश्वकी नम्बर एक अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले खेल दुनियाँका सबैलाई अचम्मित पार्दै २५ वर्षको उमेरमा खेलबाट सन्यास लिएकी छिन् ।४४ वर्षपछि आफ्नो जमिनमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्यास लिने घोषणा गर्दै भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेकी छु । यसबारे घोषणा गर्नु मेरा लागि मुश्किल र भावनात्मक पल हो ।’आफ्नी साथी र डबल्समा पार्टनर रहेकी केसी डेलाक्वासँग इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियो सन्देशमा एश्लीले भनिन्, ‘खेलबाट मैले जे जति पाएँ त्यसका लागि म कृतज्ञ