रुकुम पश्चिममा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको बाफीकोट गाँउपालिका ७ मग्मा नदुवा बस्ने वर्ष ३६ का आशिराम खत्रीले घर नजिकै रहेको जंगलबाट च्याउ ल्याई खाँदा उनीसहित परिवारका पाँच जना बिरामी परेका हुन् । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आशिरामकी श्रीमती छोराछोरी र भान्जा बिरामी परेका हुन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरीका अनुसार आशिराम खत्री र उनकी छोरी बेहोस अबस्थामा छन् भने अरु सामान्य बोल्न सक्ने अबस्थामा छन् ।&nb