दाङ :बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा आमाछोरा बिरामी भएका छन्। बिरामी हुनेमा बंगलाचुली–१ स्युजा निवासी ३८ वर्षीया यमाकुमारी कँवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेका छन्।जंगली च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेको गापा-१ का वडाध्यक्ष विष्णु कुँवरले जानकारी दिए। उनीहरूको उपचार अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ।प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर ल्याइएको हो। उनीहरूले शुक्रवार च्याउ खाएको र खानापछि पेट दुख्न