काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षको निर्णयपछि नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबारका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 'आजको निर्णयपछि भोलिका लागि हाम्रो बैठक बोलाएको छ। आवश्यक छलफल गरेर निर्णय लिन्छौं,' उनले भनिन्। ओलीले आज गरेको निर्णय चित्तबुझ्दो नभएकाले आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको उनको भनाइ छ।'उहाँले पार्टीलाई ०७५ जेठ २ मै फर्काउँछु भनेर प्रचारबाजी गर्नुभयो। तर, आजको बैठकको निर्