काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षले स्पष्टीकरण मागेर कारवाही प्रक्रिया अघि बढाउने भएपछि माधव नेपाल समूह रणनीति बनाउन आन्तरिक छलफलमा जुटेको छ।आज माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बसेर अबको बाटो के हुने भन्नेबारे छलफल गरिने कमिटीका एक सदस्यले बताए। बैठक बानेश्वरको अर्याल होटलमा बस्ने भएपनि कतिबेला बस्ने भन्ने बारेमा टुंगो लागेकाे छैन्। एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटीको शनिबारको बैठकले गुटगत भेला गरेर पार्टी विरोधी गतिबिधि गरेको भन्दै माधव नेपाल,