अमेरिकामा रहेका कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने विषय बजेट प्रकृयाबाट पारित हुने बिलमा समावेश गर्न चाहेका डेमोक्र्याटस्हरु उक्त योजनामा सफल हुन नसकेपछि ‘प्लान बी’मा लागेका छन् । डेमोक्र्याट्सहरुले बृहत खर्च विधयेकमा टीपीएस र डाकाले समेटेका लगायत कृषि कामदार र अत्यावश्यक कागजपत्रविहिन कामदारलाई नागरिकताको बाटोमा लैजाने प्रस्ताव अगाडि ल्याएपनि पार्लियामेन्टेरियनबाट उक्त प्रस्ताव अस्वीकृत गरिएको थियो […]