सुन तस्करी प्रकरणः उच्चस्तरीय आयोगले असोज ५ गतेदेखि काम थाल्ने

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउने सहमति जुटेको छ । राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सिआईबीले गरिरहेको अनुसन्धानलाई जारी राख्दै असोज ५ गतेदेखि समितिले काम थाल्ने नेपाली कांग्रेसका रमेश लेखकले बताए । असोज ५ […]

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणमा सरकारद्वारा उच्चस्तरीय आयोग गठन

काठमाडौं। सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चारसदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगका सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन महीनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरिएको छ,’ उनले भनिन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो । सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायत दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्ममा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

कहाँ अड्कियो तस्करीको सुन छानबिन आयोग गठन प्रक्रिया ?

काठमाडौं : गत साउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानबिनका लागि असोज ५ गतेभित्र उच्चस्तरीय आयोग बनाउने सहमति दलहरूबीच भएको थियो। सहमतिअनुसारको समय घर्किसक्दा पनि उच्चस्तरीय आयोग गठन हुन सकेको छैन। एक महिनाअघि आयोग गठन गर्ने सहमति भए पनि गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार पार गरेको तस्करीको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको थियो। प्

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह, दलहरुबीच विवाद हुँदा सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा ढिलाइ, पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन, सन्दीपविरुद्ध मुद्दाको पेसी आज पनि स्थगितलगायतले प्रमुख स्थान पाए । नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह […]

उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी गरेन : एमाले

नेकपा एमालेका सचेतक महेश बर्तौलाले ६१ केजी सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन सरकारले आवश्यक तयारी नगरेको बताएका छन्। सिआइबीको अनुसन्धानमा बाधा नहोस् भन्ने हेतुले आयोग गठनका लागि एक...

ओली हठले संसद् नै बन्धक

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउनदेखि संसद् अवरुद्ध गरिरहेको एमाले उच्चस्तरीय आयोग गठन नभएसम्म अवरोध जारी राख्ने अडानमा छ । एमालेकै नेताहरू विरोधमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यसबीचमा धेरै बैठकमा सहभागी […] The post ओली हठले संसद् नै बन्धक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्योः अध्यक्ष ओली

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए।...

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ- सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र ...

गठबन्धन बैठक : सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पुर्‍याउनु […]