दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न

रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ ।

सम्बन्धित सामग्री

प्रसिद्ध भैरवीदेवी मन्दिर

त्रिशुली, २७ चैत । नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर र आसपासको पुरातात्विक संरचना । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको भैरवीदेवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ भने नुवाकोटको साततले दरबारसहित दरबार क्षेत्रका दशभन्दा बढी धार्मिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सुरु हुन नै बाँकी छ । तस्वीरः रामहरि न्यौपाने ÷रासस

प्रधानमन्त्री देउवा पाटन दरबार क्षेत्रमा (फोटोफिचर)

ललितपुर, १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । यसै अवसरमा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए […]

पाटनवासीले ठड्याएको भीमसेन मन्दिर प्रधानमन्त्री देउवाले गरे उद्घाटन (तस्बिरहरु)

काठमाडौँ – २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ललितपुरको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। स्थानीयवासीले करिब पाँच करोड रुपैयाँमा भत्केको ६ वर्षपछि मन्दिर पहिलेकै स्वरुप र ढाँचामा पुनर्निर्माण गरेका हुन्। भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार २०७५ साल माघ ७ देखि मन्दिर पुनर्निर्माण सुरु भएको थियो। दुई वर्षमा सक्ने […]

हनुमानढोका दरबार क्षेत्र २९ सम्पदाको पुनर्निर्माण

काठमाडौं, कात्तिक १४। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको […]

गोरखा दरबार पुनर्निर्माण अन्तिम चरणमा

पुनर्निर्माण सम्पन्न हुनुपर्ने अवधि २ वर्ष बितिसक्दा गोरखा दरबारको काम बल्ल ८० प्रतिशत सकिएको छ । बाहिरी आवरणको काम अन्तिम चरणमा पुगेको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

निषेधाज्ञामा पनि रोकिएन  एतिहासिक सम्पदाको पुनर्निर्माण

वैशाख ३०, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनर्निर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम नियमितरूपमा भइरहेको छ ।            निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनर्निर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ ओटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ ओटा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० ओटा सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनर्निर्माण शुरु हुन बाँकी छ ।            फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ ओटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए। हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको हेरचाह अड्डाले बताएको छ ।            यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् ।            विगत तीन महीनाअघि पुनर्निर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनर्निर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र १० अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।            निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र १० अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिए । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।            विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा            हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।            यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।रासस

काठमाडौंलाई हेर्न लायक बनाउँछु : मेयर शाक्य

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई हेर्न लायक सहर बनाउने बताएका छन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेका छौं, दरबार हाइस्कुल बनाइसक्यौं, वीर अस्पताल लगभग बनेको छ, सम्पदा पुनर्निर्माणमा जुटेका छौंं।’ ऐतिहासिक धरहरा बनाउन सफल भएकोमा काठमाडौं महानगरको तर्फबाट प्रधानमन्त्री ओलीलाई उनले बधाइ दिए।

कोरोना भाइरसको असर : दरबार हाइस्कुलको हस्तान्तरण मिति अनिश्चित

चीन सरकारको सहयोगमा दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भए पनि हस्तान्तरण भने अनिश्चित बनेको छ । चीनमा

भक्तपुरस्थित सिद्धी लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न :: Pahilopost.com

काठमाडौं: भक्तपुर दरबार परिसरमा रहेको सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। २०७२ सालको भूकम्पमा मन्दिरमा क्षति पुगेको थियो। पूनर्निणाण सकेसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आज मन्दिरको चाबी हस्तान्तरण गरेका छन्। चाबी हस्तान्तरणपछि पर्यटनमन्त्री अधिकारीले भने,'भक्तपुर दरबार परिसरमा अवस्थित सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण सम्पन्न भई आज चाबी हस्तान्तरण गर्न पाउँदा

वसन्तपुरका ३८ सम्पदाको पुनर्निर्माण सकियो

भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनर्निर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।