प्रसिद्ध भैरवीदेवी मन्दिर

त्रिशुली, २७ चैत । नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर र आसपासको पुरातात्विक संरचना । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको भैरवीदेवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ भने नुवाकोटको साततले दरबारसहित दरबार क्षेत्रका दशभन्दा बढी धार्मिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सुरु हुन नै बाँकी छ । तस्वीरः रामहरि न्यौपाने ÷रासस

सम्बन्धित सामग्री

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्राको रौनक

जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उनको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ।

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोट । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो ।

राष्ट्रको भविष्यवाणी गर्ने मन्दिर

नुवाकोटको विदुर नगरपालिका-२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर ।

नुवाकोटको धामी दम्पती

त्रिशूली । विदुर नगरपालिका–२, भैरवीदेवी मन्दिर परिसरमा नुवाकोटका ८३ वर्षीय धामी हरिमानसिंह डंगोल र ८० वर्षीया जीवनसंगिनी ज्ञानुमाया ।