२८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका […]
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै राजधानीमा गरिरहेको बिरोध प्रदर्शन सुदूरपश्चिमसम्म पुगेको छ । आइतबार सुदूरपश्चिमका सबै जिल्ला अदालत बार एशोसिएसन र २ वटा उच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । कैलाली जिल्ला अदालत बार एशोसिएसनको अगुवाइमा जिल्ला अदालत कैलालीमा पनि कानुन व्यवसायीले एक घण्टा धर्ना …
उनीहरुले ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ भन्ने ब्यानरसहित बिरोध गरेका छन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणवद्धरुपमा बिरोध कार्यक्रम शुरु गरेको हो।