बढ्याे दूध खपत, घट्याे पाउडर दूध उत्पादन

७ भदौ, काठमाडौं । चितवन ठिमुराको ‘चितवन मिल्क उद्योग’ बन्द छ । चार महिनादेखि दूध अभाव भएको भन्दै उद्योगले प्रशोधनको काम रोकिरहेको छ । चितवन मिल्कका सञ्चालक राजुबाबु श्रेष्ठका अनुसार उद्योगले गत जेठदेखि दूध नपाएपछि उद्योग …

सम्बन्धित सामग्री

दुग्ध पदार्थको तथ्यांकमा लापरबाही

तत्कालीन सरकारले दूधमा आत्मनिर्भर भएको औपचारिक घोषणा गरे पनि मुलुकमा कति दूध उत्पादन हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन । अन्तरराष्ट्रिय खाद्य संगठनका अनुसार वार्षिक ९२ लिटर दूध प्रतिव्यक्ति उपभोग हुनुपर्छ । तर, नेपालको उत्पादन प्रतिव्यक्ति ८२ लिटर वार्षिक आपूर्ति हुन सक्छ भन्ने मानिन्छ । यस हिसाबले नेपाल दुग्ध पदार्थमा आत्मनिर्भर भइसकेको छैन । उपलब्धि प्रचार गर्ने लोभमा यस्तो घोषणा भएको देखिन्छ । दूधको उत्पादन र उपभोगसम्बन्धमा सरकार र व्यवसायीले दिने तथ्यांकमा ठूलो अन्तर पाइन्छ । सरकारले यसको सही तथ्यांक उपलब्ध गराउन सकेको देखिँदैन । आत्मनिर्भर भनिएको उत्पादनको तथ्यांकमा यस्तो अन्योल देखिँदा सरकारी कार्य नीति सही छैन भन्ने पुष्टि हुन्छ । नेपालमा निजीक्षेत्रका दुग्ध व्यवसायीको भनाइमा ६२ लाख लिटर दूध दैनिक उत्पादन हुन्छ । नेपाल दुग्ध विकास बोर्डले भने दैनिक ७० लाख लिटर उत्पादन हुने बताएको छ । त्यसमा ९ लाख लिटर औपचारिक क्षेत्रले खरीद गर्ने बोर्डको भनाइ छ । दुग्ध व्यवसायीको भनाइमा ३१ लाख लिटर दुध बजारमा आउँछ । बाँकी दूध बजार पहुँच नभएर आपूर्ति शृंखलामा आउन नसकेको बताइन्छ । तथ्यांकको विश्वसनीयता र आधिकारिकतामा प्रश्न उठ्छ भने कुनै पनि नीति तय हुन सक्दैन । दुग्ध पदार्थको उत्पादनमा हाम्रो धरातलीय यथार्थ के हो र आगामी दिनमा कस्तो रणनीति लिने हो भन्ने कुरा यकीन गर्न पनि तथ्यांक सही हुनुपर्छ । हो, तथ्यांक संकलनको स्रोत फरक पर्दा केही तलमाथि पर्न सक्छ । तर, ठूलो अन्तर भने हुँदैन । दुग्ध उत्पादनको मात्रै होइन, यसरी उत्पादित दुग्धजन्य पदार्थले बजार पाएको छ कि छैन भन्ने कुरामा पनि तथ्यांक अस्पष्ट रहेको देखिन्छ । अहिले दूधको आपूर्ति मागभन्दा बढी छ भनिन्छ । आपूर्ति बढी हुँदा दूधलाई धूलो बनाएर भण्डारण गरिन्छ । त्यसरी भण्डारण गरिएको दूध सुख्खा याम अर्थात् दूध कम उत्पादन हुने समयमा प्रयोग गरिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको राष्ट्रिय दुग्ध विकास बोर्डले आर्थिक मन्दीको कारण दूधको खपत घट्दा गत असोजमा ६ अर्ब रूपैयाँ बराबरको करीब ४ लाख मेट्रिक टन धूलो दूध र बटर मौज्दात रहेको बताएको थियो । त्यसको १ महीना पनि नबित्दै बोर्डले ९ अर्ब ४१ करोड रूपैयाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको बतायो । उद्योगीहरू अहिले ५ अर्ब रूपैयाँको धूलो दूध र बटर मौज्दात रहेको बताइरहेका छन् । यस्तो फरक तथ्यांक आउनुमा सरकार र व्यवसायीको आआफ्नो स्वार्थ गाँसिएको पनि हुन सक्छ । जे भए पनि अहिले दुग्ध पदार्थको विक्री घटेको चाहिँ हो नै भन्ने देखिन्छ । दूधको विक्री घट्नुलाई आर्थिक मन्दीसँग जोडेर हेरिएको छ । यो विश्लेषण आंशिक सही हो भन्न सकिन्छ ।  दूधको खपत बढ्नुमा दूधको मूल्य मात्र होइन, गुणस्तर पनि कारण रहेको देखिन्छ । बढी दूध उत्पादन गर्न गाईभैंसीलाई एन्टीबायोटिक खुवाउने गरिएको छ । त्यस्तै दुग्ध पदार्थमा विभिन्न किसिमका मिसावट पनि गर्ने गरिएको छ । दूध नफाटोस् भनेर तथा दूध बाक्लो देखियोस् भनेर विभिन्न तत्त्व मिसाउने गरिएको छ जसले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यस्तो कुरा उपभोक्तासमक्ष पुगेपछि दूधको उपभोग घट्नु सामान्य हो । बोर्ड वा दुग्ध व्यवसायीले दिने उपभोगको संख्या भनेको शहरी उपभोक्ताको हो । शहरी उपभोक्ताले दूध खान छाड्नुमा स्वास्थ्यसम्बन्धी सचेतना पनि एउटा कारण मानिन्छ । त्यसैले दूध खपत घट्नुको वास्तविक कारण खोजी हुनुपर्छ ।  सरकारले दूधको उत्पादन बढाउन उन्नत जातको नश्ल सुधार कार्यक्रम जारी राखेको छ । यसैका लागि भारतबाट मुर्रा जातको राँगो ल्याइएको छ । यसबाट दूध उत्पादन निकै बढ्ने देखिन्छ । त्यस्तै नश्ल सुधारिएका गाईको संख्या पनि बढ्दो छ भने मानिसहरू स्थानीय जातको गाईको दूध उपभोग गर्न रुचाइरहेका पनि छन् । त्यसैले दुग्ध उत्पादनसम्बन्धीमा सही रणनीति लिन ढिला भइसकेको छ । दूधको तथ्यांक अस्पष्ट हुनुमा किसानलाई दूधको भुक्तानी दिने कुरा पनि गाँसिएको हुन सक्छ । दूध विक्री नभएको भन्दै सरकारी कम्पनीले नै किसानलाई भुक्तानी दिइरहेको छैन । यसले भोलिका दिनमा दुग्ध उत्पादक किसानले गाईबस्तु पाल्न छाड्ने सम्भावना पनि उत्तिकै छ । उखुको भुक्तानीमा समस्या भए पछि किसानले बिस्तारै उखु खेती गर्न छाडेको बताइन्छ । आपूर्ति र उपभोगको शृंखला तोडियो भने त्यसको सीधा असर उत्पादनलाई पर्छ । अहिले ५ अर्बभन्दा बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताइन्छ । अन्य व्यवसायमा जस्तो कृषि कर्ममा उधारो कारोबार सहज मानिँदैन । उत्पादन बेचेर लागत उठाउनेदेखि आफ्नो दैनिक गर्जो टार्नेसम्मका काम लागि तत्काल नगद आवश्यक हुन्छ । त्यसैले भुक्तानी रोकिनु हुँदैन । दूध बढी भएर खेर गएको भन्ने भनाइ पनि सुनिन्छ । दूध विक्री भएन भने लामो समयसम्म टिक्ने वस्तु दूधबाट तयार पार्न सकिन्छ । घ्यू, चीज वा छुर्पीजस्ता वस्तु बनाउने हो भने यो तत्काल बिग्रँदैन र केही समयसम्म भण्डारण गर्न सकिन्छ । यस्तो उत्पादनमा दुग्ध व्यवसायीको ध्यान जानु आवश्यक छ । त्यसो त धूलो दूध बनाएर बंगलादेशमा निर्यात गर्न पहल नभएको पनि होइन तर समान र गुणस्तरीय आपूर्ति नहुने हो भने यस्तो निर्यातको पहल सार्थक हुँदैन । धूलो दूध, घ्यू र चीजका लागि अन्तरराष्ट्रिय बजार खोज्नुपर्छ । दूध उत्पादन बढाउन दिगो बजार आवश्यक हुन्छ । त्यसैले यसतर्फ काम गर्न आवश्यक छ । यसमा काम गर्न पनि सही तथ्यांक आवश्यक हुन्छ । त्यस्तो तथ्यांक तयार पार्न पनि सरकारी निकायको ध्यान जानु जरुरी देखिन्छ ।

दूध : खानेलाई महँगो, उत्पादन गरी बेच्नेलाई सस्तो !

नारायणगढ (चितवन) । रत्ननगर नगरपालिका–१६ हात्तीगौंडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर गर्थे । जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चार ओटा गाई थपेर गङ्गा–जमुना गाई फार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले । केही महीनाअघिसम्म ५५ ओटा गाई रहेको उनको गोठमा हाल ४५ वटा गाई छन् ।  व्यावसायिकरूपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध विक्रीमा खासै समस्या नआएकामा यस वर्ष भने विक्रीमा समस्या भएको छ । कृषक थापा भन्छन्, ‘गत वर्षको दशैं र तिहारमा पनि दूध विक्रीमा समस्या थिएन, यसपालिको दशैं–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।’ व्यावसायिकरूपमा गाईपालन गर्न शुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उनको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी घाँस लगाएका कृषक थापा सबै पशुपालक किसानले व्यवसाय गर्दा घाँस लाउन अनिवार्य रहेको बताउँछन् । उनी भन्छन्, ‘गाईलाई घाँस नभइकन उत्पादन हुँदैन, दाना चोकर खुवाउनभन्दा घाँसमा आधारित रहनुपर्छ ।’   रत्ननगर–१६ मा रहेको आफू आवद्ध भद्रकाली दूध उत्पादक सहकारीबाट सुपर नेपियर घाँसको कार्यक्रममार्फत अन्य किसानलाई पनि घाँस लगाउन प्रेरित गरेको उनको भनाइ छ । थापाको गोठ (फार्म)मा हाल होलस्टेन र जर्सी जातका गाई छन् । उनी दैनिक गोठमा खटेर काम गर्नका लागि सहयोगी पनि राखेका छन् ।  गाईलाई लाग्ने साधारण रोग तथा प्राविधिक समस्याको समाधानका लागि आफै योग्य रहेको र थप जटिल समस्या तथा रोग लागेमा मात्र पशु प्राविधिक बोलाउने गरेको कृषक थापा बताउँछन् ।  भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनले आफूलाई मात्रै नभएर अन्य किसानको समस्याका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् । थापा हाल नेपालका बजारमा बाहिरबाट दूध आएकाले यहाँको दूध विक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको गुनासो गर्छन् । दैनिक तीन सय लिटर दूध उत्पादन हुँदै आएको उनको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ । थापा भन्छन्, ‘भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो ।’  केही समयअघि मात्रै रु ७९ प्रतिलिटरमा विक्री भएको दूध हाल रु ७० मा दिनुपरेको गुनासो गर्दै उनी भन्छन्, ‘व्यापारीले दूध नलाने र सधैं मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैराश्य भएर छाड्नुपर्ने स्थिति भयो । विगतका वर्षमा यस्तो समस्या थिएन ।’ किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन । उत्पादनले मूल्य पाएमा यही जति पनि अवसर रहेको कृषक थापा थापाको भनाइ छ । दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि हाल दूध विक्री नहुँदा उनी अलमलमा छन् । उनी भन्छन्, ‘मुख्य बजारमा लैजादा दूध खरीदको मात्र घटेको छ । मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ ।’ रासस

चितवनमा बढ्यो दूधको खपत

चितवन । चितवनमा दूधको खपत बढेको छ । आर्थिक क्षेत्रमा देखिएको उतारचढाव र आयातित धूलो दूधका कारण ३५ प्रतिशतसम्म स्वदेशी उत्पादनको विक्री घटेको चितवनमा पर्वको समयमा दूधको खपत बढेको हो । विशेषगरी दशैंमा दूधका विभिन्न परिकार दही, पनीर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादनको माग बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ ।  संघका अध्यक्ष किशोर बगालेले विगतको दशैंको तुलनामा यसपटक दूधको खपत बढेको बताए । यस्तै सामान्य अवस्थाको तुलनामा १० देखि १५ प्रतिशतसम्म बढी दुग्ध पदार्थ विक्री भएको उनको अनुमान छ । ‘आर्थिक मन्दी र भारतबाट आयातित दूधका कारण हाम्रो दूध विक्री हुन सकेको थिएन,’ उनले भने, ‘अहिले चितवनमै पनि खपत बढ्यो, बाहिरबाट माग समेत बढ्यो ।’ विशेषगरी दशैंमा दूधका विभिन्न परिकार दही, पनीर, नौनी, घ्यू, आइसक्रिम लगायतका उत्पादनको माग बढेको जिल्ला दुग्ध सहकारी संघ, चितवनले जानकारी दिएको छ । यसअघि संघले अन्य पेयपर्दाथको सट्टा ‘दूधको प्रयोग बढाऔं, स्वस्थ रहौं’ नाममा सचेतना अभियान चलाएको थियो । चितवनकै ठूलो दुग्ध सहकारीमध्येको अन्नपूर्ण दुग्ध सहकारी संस्थामा पनि दशैंमा दूध संकलन र विक्रीवितरण बढेको छ । दैनिक ६ हजार लिटरभन्दा बढी दूध संकलन गर्ने यस सहकारीमा संकलन, खपत र विक्री वितरण बढेको संस्थाका अध्यक्ष प्रदीप तिमल्सिनाले जानकारी दिए । दशैंको समयमा दूध, दही, पनीर नौनीको विक्री बढेको उनको भनाइ छ । ‘अन्य बेला दूध विक्री हुन गाह्रो थियो, डेरीबाट रकम पाउन पनि मुश्किल थियो, तर दशैंमा अधिकांश दूध खपत जिल्लामै भयो,’ उनले भने । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे दशैंमा दूधको खपत सन्तोषजनक रहे पनि अन्य समयमा निराशाजनक हुने गरेको बताउँछन् । ‘दशैंमा दूधको खपत त राम्रै बढेको छ, हामीले धेरै भण्डारण गरेर राख्नुपरेन,’ उनले भने । चितवन लगायत अन्य जिल्लामा पनि दूधको उत्पादन राम्रै भए पनि यस वर्ष भारतीय धूलो दूधको कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ । ‘राज्यको नीति किसानमैत्री हुनुपर्‍यो, रकम समयमै पाउनुपर्‍यो,’ उनले भने, ‘अहिले दाना, औषधि बैंकको ब्याजका कारण प्रतिलिटर ७० रुपैयाँ लागत छ । तर सहकारीलाई प्रतिलिटर ६५ रुपैयाँमा बेच्नुपरेको छ ।’ चितवनमा दैनिक ३ लाख लिटर हाराहारीमा दूध उत्पादन हुन्छ । चितवनमा ११५ ओटा दुग्ध सहकारीबाट दूध संकलन हुने गरेको छ ।

मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उनका अनुसार अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।  दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।  जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।  “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

दुग्धजन्य व्यवसायमा नीतिगत तहमै  समस्या छ: केडिया

काठमाडौं । नेपाल डेरी एशोसिएशनका पूर्वअध्यक्ष, सीताराम गोकुल मिल्क्सका सञ्चालक तथा केडिया अर्गनाइजेशनका कार्यकारी निर्देशक सुमित केडियाले नेपालमा दुग्धजन्य व्यवसायमा नीतिगत तहमै समस्या रहेको बताएका छन् । त्यही समस्याका कारण स्वदेशी उद्योगका उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने  अवस्था रहेको आर्थिक अभियानसँगको विशेष कुराकानीमा उनले बताए ।  सरकारले अहिलेसम्म अनुसन्धान र विकासमा बजेट खर्च गर्न नसकेको पनि उनले बताए । ‘सरकारले हालसम्म रिसर्च र डेभलपमेन्टमा बजेट खर्च गर्न सकेन, फ्रन्टलाइनमा बसेकोले मात्रै यो गर्न सकिन्न,’ उनले भने । अहिलेको बजेटले त मदिरा र दूधलाई एउटै बाकसमा हालेको उनको तर्क छ ।  ‘पोलिसी लेवलमै समस्या छ । सरकारले दिँदै आएको भ्याटमा ५० प्रतिशत छूट पनि २ वर्षदेखि हटाएको छ । यस्तोमा स्वदेशी उद्योगका उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘ढुवानीमा समस्या छ । दूध पकेट क्षेत्र भनिएका चितवन, काभ्रे जस्ता क्षेत्रमै समस्या छ । हाम्रो लक्ष्य त रोल्पा रूकुमसम्मको दूधले बजार पाउनुपर्छ भन्ने हो । यद्यपि केही सुधार भएको छ ।’  फ्री ट्रेडमा विश्वास गरेर उद्योगको कच्चा पदार्थ आयातमा रोक लगाउँदा गाह्रो भएको  यस विषयमा बजेट निर्माणअघि नै अर्थमन्त्रीलाई आग्रह गर्दा सकारात्मक आश्वासन पाएको तर काम नभएको उनको गुनासो छ । ‘हामीले सधैं खुला गरिदेऊ भनेको होइन, आन्तरिक उत्पादन सहज नहुँदासम्म मात्रै भनेका हौं,’ उनले भने, ‘अभावको बेला आयात गर्न दिन भनेको हो ।’  उनले प्रविधि, प्राविधिक र गुणस्तरीय उत्पादनमा समस्या रहेको पनि बताए । विस्तारै प्रविधिमा गएको तर सबैभन्दा बढी समस्या प्राविधिकमा भएको उनको भनाइ छ । ‘प्राविधिक छैनन् यसमा सुधार आवश्यक छ । हामीले नेपाल उद्योग वाणिज्य महासंघसहित ५ संस्था मिलेर अकुपेशन स्ट्यान्डर्ड बनाएर काम गर्‍यौं । सरकारकै मुख ताकिरहनु नपर्ला भन्ने आशा छ,’ उनले भने ।  उनले चिज उत्पादनका लागि भैंसीको दूध आवश्यक हुने भएकाले भैंसीपालनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । नेपालमा नश्लको समस्या रहेको तर क्वारेन्टाइनको कारण राम्रो नश्लका पशु ल्याउन नसकिएको उनको भनाइ छ । किसानले आफ्नै किसिमले उन्नत नश्लका भैंसी ल्याइरहेका बेला सरकारले १५ ओटा ब्याडका राँगा ल्याउन लागेकोमा खुशी लागेको केडियाको भनाइ छ । ‘यो पर्याप्त नभए पनि केही नहुनुभन्दा राम्रै हो,’ उनले भने ।  दूधको मूल्य बढेको प्रसंगमा उनले सरकारले बढाएको मूल्य १४ रुपैयाँ सीधै किसानलाई जाने भएकाले उद्योगले केही नपाएको गुनासो गरे । ‘किसानका लागि राम्रो भएको छ । त्यसमा हामी खुशी नै छौं तर किसान र उद्योगबीच नङमासुको सम्बन्ध हुन्छ, एउटा समस्याग्रस्त भए अर्को स्वतः बिग्रिन्छ,’ उनले भने ।  बजेट निर्माण र महत्त्वपूर्ण छलफलमा आफूहरूलाई सहभागी नगराउँदा यस क्षेत्रको हित हुने गरी बजेट आउन नसकेको उनको भनाइ छ ।  अहिले उठेको न्यूनतम ज्यालाको विषयले उद्योग क्षेत्रमा समस्या ल्याएको केडियाले बताए । विश्वका ठूला देशमा अभ्यासमा रहेको हायर एन्ड फायरको व्यवस्था लागू हुनुपर्ने, डिफेन्सिभ मात्रै भएर नहुने उनको भनाइ छ ।  मौद्रिक नीतिलाई इंगित गर्दै उनले उद्योग नै नरहे जेसुकै नीति आए पनि केही नहुने बताए । बैंक धराशयी नहुने गरी सिंगल डिजिटमा ब्याजदर कायम गर्नुपर्ने उनको सुझाव छ । निजीक्षेत्रको मनोबल बढाउने गरी मौद्रिक नीति आउनुपर्नेमा पनि उनले जोड दिए । भावी पुस्तालाई यो व्यवसायमा राखिराख्न केही न केही गर्नुपर्नेमा जोड दिएका केडियाले निर्यातमा अनुदान भए गलैंचा दूधजस्ता उद्योगलाई सहज हुने बताए ।  नेपालमा दुग्ध व्यवसाय त्यति राम्रो नभए पनि अन्यको तुलनामा राम्रो भएको उनको भनाइ छ । केडियाका अनुसार हाल नेपालमा दैनिक २५ लाख लिटर दूध उत्पादन हुन्छ । त्यसको २५ प्रतिशत किसान आफैले उपभोग गर्छन् । ५० प्रतिशत उद्योगमा पुग्छ । केडिया २८ वर्षदेखि दूध उत्पादन, प्रशोधन र बजारीकरणमा संलग्न छन् ।  स्वदेशी उद्योगले पछिल्लो समय पाउडर बनाएर राख्न थालेकाले मिल्क होलिडे अब सुन्न नपर्ने उनको भनाइ छ । उनका अनुसार नेपालमा यस्ता उद्योग चारओटा छन् ।  मन्दीको असर पर्न थाल्यो उनले मन्दीको प्रभाव यस क्षेत्रमा पनि देखिन थालेको बताए । उपभोक्ताको क्रयशक्ति कमजोर हुँदा दूध खपत घटेको छ । ‘मन्दीले हालसम्म हाम्रो सेक्टरमा असर गरेको थिएन अब देखिन थालेको छ,’ उनले भने । नेपालमा दूध खपत बढाउनुपर्ने उनको सुझाव छ । फार्म हाउस चलाउने योजना कुराकानीका क्रममा केडियाले आफ्नै फार्म हाउस चलाउने योजना पनि सुनाए । ‘अहिलेको संरचनाले काम गर्दैन, उत्पादनमै जानुपर्छ भन्ने छ । त्यसैले फार्म हाउसमा जाने योजना छ,’ उनले भने, ‘हाल कीर्तिपुरमा २० रोपनी जग्गामा हाम्रो प्लान्ट छ । यहीँबाट फार्म हाउसको मोडल र विविधीकरणमा जान खोजेका छौं ।’

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

बन्दाबन्दीको कारण दुग्धजन्य पदार्थको कारोबारमा गिरावट

जेठ १४, कैलाली । कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महीनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो । दूध विक्री नभएपछि गाइ भैँसीपालक किसान भने मर्कामा परेका छन् ।  जिल्लामा १५० गाई, भैँसीपालन फार्म छन् भने असंगठितरुपमा भैँसीपालन गर्नेहरु त हजारौँ किसान छन् । दूधमा आत्मनिर्भर जिल्ला यो जिल्लामा दैनिक ४० हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमा ३० हजार लिटर जिल्लामै खपत हुने र १० हजार लिटर काठमाडौं जाने गरेको किसान शिव थापाको भनाइ छ ।  यहाँको दूध खपत डडेल्धुरा र डोटीबाट समेत कैलालीमा पनि निर्यात हुन्छ । अत्तरियामा रहेको दूग्ध चिस्यान केन्द्रले कैलालीको बचेको र डडेल्धुरा र डोटीबाट आयात गरिएको दुग्धजन्य पदार्थ अन्य जिल्लामा निर्यात गर्ने गर्दछ । थापा भन्छन्, ‘बन्दाबन्दीपछि आयात र खपत समेत घटेको छ । हाल दूध उत्पादन समेत घटेको छ । बन्दाबन्दीका कारण किसानलाई दाना पाउनसमेत समस्या भएको छ ।’ यस वर्ष घाँस उत्पादनमा समेत हस आएकाले उत्पादन समेत घटेको किसानको गुनासो छ । किसानले दूध खपत नभएपछि पाडापाडीलाई बढी खुवाउने, घरमै खपत गर्ने वा घ्यू उत्पादन गर्ने जस्ता कार्य गरिरहेको थापा बताउँछन् । ‘टीकापुरमा मात्रै दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । अहिले दुई हजार लिटर उत्पादन घटेको छ । खपत पनि आधा घटेको छ’, थापाले भने, ‘एकातिर काम गर्नुपर्ने भएकाले किसानलाई संक्रमणको जोखिम छ, कामदारलाई नियमित काममा लगाउन जोखिम छ, अर्कोतर्फ लकडाउनले दुग्ध व्यवसायीलाई घाटा भइरहेको छ ।’ विगतका वर्षमा गर्मी समयमा दुग्धजन्य पदार्थको अभाव हुन्थ्यो । यो समय दूध बढी खपत हुने समय हो । यस वर्ष बजारमा मानिसको चहलपहल घटेसँगै उनीहरुको व्यापार पनि घटेको हो । दूध तथा दुग्धजन्य पदार्थको माग घट्दा गाई, भैँसीपालक किसानदेखि व्यापारीहरु मर्कामा परेका गुनासो बढेको छ । बन्दाबन्दीअघि दैनिक १३० लिटरसम्म दूध संकलन गर्दै आइरहेको टीकापुर–१ वनगाउँको देउराली भन्ज्याङ सहकारीले अहिले ७० लिटरसम्म मात्र दूध संकलन गरिरहेको छ । सहकारीका अध्यक्ष सुन्दर भगोरियाले सहकारीमा दूध खपत घटेकाले सहकारीले संकलन कार्य समेत घटाएको बताए । ‘यो समयमा दूध पुगाउन मुस्किल हुन्थ्यो, यस वर्ष मानिस खान चाहेर पनि किन्न आउन डराउन थालेका छन्’, उनले भने, ‘आधा व्यापार घटेको छ ।’ सहकारीलाई बन्दाबन्दी हुनुअघि १३० लिटरसम्म दूध संकलन गरेर पनि ग्राहकलाई पुर्‍याउन धौ–धौ हुने गरेको सहकारीलाई अहिले ७० लिटर दूध विक्री गर्न पनि कठिन भएको छ ।  गाउँका किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएका टीकापुर–३ चौतारा टोलका कलम विकले लकडाउनअघि दैनिक ८० लिटर दूध बजारमा विक्री गर्दै आएका थिए । हाल उनले पनि आधा दूध मात्र खपत भइरहेको बताए । ‘हाल दूध विक्री घटेको छ । नागरिक दूध किन्दा पनि संक्रमण हुन्छ कि भनेर डराउन थालेका छन्, अझ बजारमा घरभाडामा बस्नेहरु अधिकांश गाउँ फर्किएका छन्’, विकले भने, ‘त्यसैले मैले पनि गाउँबाट ३० देखि ४० लिटरसम्म दूध खरीद गर्ने गरेको छु ।’ सहकारी र संकलकले दूध लिन छोडेपछि भैँसीपालक किसान मर्कामा परेका हुन् । घरमा पालेका भैँसीको दूध बेचेर घर खर्च चलाइरहेका किसानलाई दूध विक्री हुन छोडेपछि समस्या भएको हो । भैँसीपालक किसान खेमा विकको घर दूध बेचेरै चल्छ । हाल दूध खपत नभएपछि खेमालाई तनाब भएको छ । ‘हाल दूध खपत घटेको छ ।  दूध विक्री नभए घरका लागि चाहिने अन्नपात जोहो कसरी गर्नु’, खेमाले भन्, ‘रोगव्याधी, महामारी विपत्ती जे आउँदा पनि मर्का हामी गरीब किसानलाई हुने गर्दछ ।’ रासस

दूधमा आत्मनिर्भर बराहक्षेत्रका कृषक मारमा

जेठ २, सुनसरी । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न साना पशुपालक कृषकहरुको उत्पादित दूध बजारसम्म पुर्‍याउन नसक्दा मारमा परेका हुन् ।  शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ । यति बेला उनीहरु अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पूर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन । उत्पादन भएको ५० प्रतिशत दूधको व्यापारमा ह्रास आएको उनीहरुको भनाइ  छ ।  ठूला तथा साना डेरीवालाहरू लकडाउनमा केहि जेनतेन चलिरहेका छन् । तर साइकल, मोटरसाइकलमा टेमीमा बजार पुर्‍याएर दूधको व्यावसाय गर्ने हरूलाई समस्या भएको छ ।  एकातिर प्रशासनको कडाइ अर्को तिर होटल व्यवसाय बन्द हुँदा दूध खपत न्यून हुन थालेपछि उनीहरूको व्यवसाय अहिले ५० प्रतिशत मात्रै हुन थालेको छ । जसले गर्दा एउटा दुईओटा गाई, भैँसी पालन गरेर २/४ लिटर दूधको आम्दानी गर्ने वा फर्म खोलेर कृषिमा निर्भर किसानहरू थप मारमा परेका छन् ।  धरान, इटहरीमा दैनिक साइकल, मोटरसाइकल, टेमीमा दूध विक्री गर्न जाने बराहक्षेत्र नगरपालिकाको कालाबन्जार, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारीका करीब २०० दुग्ध व्यवसायी प्रभावित भएका छन् भने करीब ५०० परिवार पीडित बनेका छन् ।  गाउँका साना साना किसानबाट मोटरसाइकल र साइकलमा संकलन गरेर उपभोक्ताको घर घर पुर्‍याउने दुग्ध व्यवसायीलाई लकडाउनमा स्थानीय प्रशासनले कडाइ र होटल व्यवसाय बन्द भए पछि दुग्ध खपतमा ह्रास आएको भरौलका साना दुग्ध व्यवसायी हर्क राई बताउँछन् ।  उनले भने, ‘धरानमा होटल, पसल, व्यवसाय बन्द छ, घर भित्रै बसेकाले दूध खपत पनि खासै हुँदैन दूध विक्री गर्न समस्या परेकाले हामी आफै मार्कामा परेका छौ, यसै कारण किसान र साना व्यवसायीलाई सरकार राहतले राहत दिनुपर्ने अवस्था आएको छ ।’  दूध धरान पुर्‍याउने काम पनि संक्रमणको डरले असुरक्षित छ । दूध खपत कम हुँदा किसानबाट उत्पादन भएका सबै दूध संकलन गर्न सकेका छैनन् । अन्य समयमा करीब १२० लिटर दैनिक विक्री गर्ने उनी अहिले मुस्किलले ४० देखि ४५ लिटर मात्र विक्री गर्ने गर्दछन् । कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले भने पशुपालन व्यवसायनै धरापमा परेको अर्का दूध व्यवसायी दिपक पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीको त्रासमा रहेका किसानहरूले उत्पादन गर्दै आएको दूध विक्री हुन छाडे पछि आर्थिक दबाब बढेको छ, दैनिक सात, आठ लिटर दूध उत्पादन गर्ने घरमा ५०० रुपैयाँ कमाइ गरेर घर चलाउने परिवारलाई उत्पादन भएको सबै दूध खपत नहुदा समस्या पर्न थालेको छ ।’  पाण्डेले दैनिक १४० लिटर दूध इटहरी लगेर बेच्ने गरेका थिए । तर अहिले ५० लिटर मात्र विक्री हुने गरेको उनी बताउँछन् ।