अदुवाखेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए । त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा ९ हजार ८०० मेट्रिक टन उत्पादन भएको उनको भनाइ छ ।      चालू आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा ९ हजार ९५० मेट्रिक टन  मात्रै उत्पादन भएको छ । अदुवाखेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १० दशमलव ३७ मेट्रिक टनदेखि १० दशमलव ८९ मेट्रिक टन मात्र रहेको पौडेलको भनाइ छ । जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा विक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर विक्री गर्ने गरिएको जानकारी दिए । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवाखेतीमा आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवाखेती राम्रो हुने गरेको छ । रासस

सम्बन्धित सामग्री

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी (कैलाली), १५ चैत । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते धान खेती गर्दै आएका छन् । बाढी र डुबान क्षेत्रमा राम्रो उत्पादन हुने भएपछि पतीरामले दुई बिघा क्षेत्रफलमा यस वर्ष पनि चैते धानको रोपाइँ गरे । राम्रो उत्पादन दिने र वर्षात् कम भयो भने दुईपटकसम्म उत्पादन दिने भएकाले बर्खे धान रोप्न […]

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै

मध्यविन्दु (नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ। १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन्। सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए। वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने […]

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको […]

धनकुटामा टनेल खेतीप्रति किसानको आकर्षण बढ्दै

धनकुटा । धनकुटामा पछिल्लो समय टनेल घरभित्र गरिने तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । विशेष गरी सिंचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलैसँग गर्न सकिने, यस प्रविधिबाट खेती गर्दा बढी मेहनत नपर्ने, रोग तथा किराको प्रकोप पनि कम र उत्पादन लागत घट्ने किसानहरूले बताएका हुन् । टनेल घरभित्र खेती गर्दा हावा, हुरी […]

एभोकाडो खेतीमा किसानको आकर्षण बढ्दै

धनकुटा । धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ । तीन बर्ष अघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेती तर्फ आकर्षित भएका हुन् । धनकुटा नगरपालिकामा मात्र गएको ४ बर्षमा खेतीको क्षेत्रफल २ सय प्रतिशतले बृद्धि भएको छ भने फल दिने बोटको संख्या […]

सिन्धुलीमा माछापालनमा आकर्षण बढ्यो

सिन्धुली । पछिल्ला समयमा सिन्धुलीमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । जिल्लामा बढ्दो शहरीकरण र राजमार्ग आसपासका होटलहरुमा माछाको माग बढेसँगै व्यवसायिक माछा पालन व्यवसायमा किसानको आकर्षण बढ्दै गइरहेको हो । उर्वराभूमि र मलिलो माटो बिना नै सिमसार जमिनमा पलाएको पानी जम्मा पारेर बनाएको पोखरीमा माछा पालन व्यवसाय संचालन गरेपछि सिन्धुली जिल्लाका कमलाखोच […]

सुपारी खेतीमा किसानको आकर्षण बढ्दै

इलाम । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र माङसेबुङको दक्षिणी क्षेत्रमा किसानले सुपारी खेती विस्तार गरी आयआर्जन गर्ने गरेका छन् । प्राय: सबै परिवारले सुपारी खेती गर्न थालेको स्थानीय सन्तबहादुर तामाङले बताए । सुपारी किन्न व्यापारी किसानको घरघरमा आउने गरेको छन् । बहुवर्षे बालीको रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० किलोसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने तथा छहारीको काम गर्ने भएकाले सुपारी खेती विस्तारमा किसान लागेका हुन् । चुरे क्षेत्रका किसानले सुपारी बेचेर वार्षिक ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । सुपारी काँचै विक्री हुने भएपछि यसको मूल्य अभिवृद्धिका लागि पहल भएको छैन । रोङ गाउँपालिका–२ ले सुपारीको खपटाबाट टपरी बनाउने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । रोङ गाउँपालिका इलामको तल्लो क्षेत्रमा पर्दछ । रासस

सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दै

मङ्गलबारे- इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न थालेका छन् । सुपारीले अन्य बाली लगाउन असर नगर्ने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । रोङ, चुलाचुली, माई नगरपालिका र […]

सल्यानमा किवी खेतीप्रति आकर्षण

सल्यान : पछिल्लो समय सल्यानमा किवी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। बाँझो हुँदै गएको जग्गामा लगाइएको किवीले राम्रो उत्पादन हुन थालेपछि किसानको आकर्षण बढ्दै गएको हो।विरूवा लगाएको एक वर्षपछि नै उत्पादन दिने भएकाले पनि किसानहरु व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन्। अन्य अन्नबालीभन्दा झन्डै तीन गुणा बढी प्रतिफल किबीबाट लिन सकिने छत्रेश्वरी गाउँपालिका-२ बुराँसेका चित्रबहादुर केसीले बताए। उनले यो वर्ष २० क्विन्टल किवी बिक्री गरेको उनले बताए।व्यापारीले बोटबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले ख

ड्रागन खेतीमा किसानको आकर्षण

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । कम प्रतिफल दिने परम्परागत खेती प्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र व्यवसायिक उत्पादनलाई जोड दिने भन्दै धनकुटाका सुख्खा क्षेत्रका किसानहरुले ड्रागन खेतीको विस्तार गर्न थालेका छन् । स्थानीय तहहरुले समेत किसानलाई सहयोग गर्न थालेपछि उच्च मूल्य रहेको ड्रागन खेतीतर्फ किसानको आकर्षण बढेको हो […]