मन्त्रालयमा बजेटको कार्यान्वयनको समीक्षा कार्यक्रममा मन्त्री डा. युवराज खतिवडाले आयोजनाको वर्गीकरण गरी छलफलका आधारमा प्रदेशिक सन्तुलन रहने गरी वजेट प्रस्ताव पेश गर्नसमेत सम्बन्धित सचिवहरूलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्रीले प्रदेशमा जाने सशर्ततर्फका विस्तृत परियोजना प्रतिवेदन नभएका आयोजनाहरू वजेटमा समावेश नगन तथा बहुवर्षीय योजनाको लागि राष्ट्रिय योजना आयोगको सहमति लिएर मात्र वजेट प्रस्ताव गर्न निर्देशन दिएका छन् ।