लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

सम्बन्धित सामग्री

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

विप्रेषण र पर्यटन वृद्धिमा पहल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र बाह्य पर्यटक आगमन बढाउन पहल गर्न विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् । दुई दर्जनभन्दा बढी मुलुकका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतसहित विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतवार दिउँसो भर्चुअल बैठक गर्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकार विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा रहेको भन्दै अर्थमन्त्री शर्माले यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला विदेशी विनिमय सञ्चिति बढाउनुपर्ने दबाब छ । यसमा तपाईंहरूले विशेष भूमिका निर्वाह गर्नुपर्छ,’ उनले भने, ‘विप्रेषणको रूपमा पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’ चैतमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको जानकारी दिँदै उनले आगामी महीना यसलाई बढाउन खाँचो रहेको उनले बताए । ‘विप्रेषण बढाउन विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरूलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत आरक्षण दिनेसम्मको गृहकार्य भएका छन्,’ उनले भने । अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘अलि ठूला परियोजना बनाउँदा मात्र ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नसक्ने किसिमले लिनेगरी मोडालिटी बनाउँदै छौं,’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’ यसैगरी कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताएका थिए । कार्यक्रममा कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याइन् ।