कटानबाट जोगाउन बरुवा नदीमा अस्थायी बाँध निर्माण

वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधलाई क्षति पुर्‍याएको छ ।  यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण सुरु भएको छ ।त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ । स्थानीयवासीसहित तीनवटै सुरक्षा निकायको...

सम्बन्धित सामग्री

दुम्सीचौरमा नारेश्वर ताल निर्माणका बाँध निर्माण सुरु

तनहुँ, फागुन १२ । तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो । व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ । पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका […]

सप्तकोसी नदी कटान रोक्न बाँध निर्माण गरिँदै

सप्तकोसी नदी कटानको प्रभावित क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिका– ८, मेखबारीमा बाँध निर्माण गर्न सुरु गरिएको छ । सप्तकोसी नदीले धार परिवर्तन गर्दै मानव बस्ती र खेतीयोग्य जमिनतिर सोझिएपछि बाँध निर्माण...

सप्तकोसीको कटान रोक्न बाँध निर्माण गरिँदै

सप्तकोसी नदी कटानबाट प्रभावित क्षेत्रमा पर्ने उदयपुरको बेलका नगरपालिका– ८ मेखबारीमा बाँध निर्माण गर्न सुरु गरिएको छ । धार परिवर्तन गर्दै सप्तकोसी मानव बस्ति र खेतीयोग्य जमिनतिर सोझिएपछि बाँध निर्माण...

मादी नदी नियन्त्रण गर्न 'ग्याबिन बाल'सहितको बाँध निर्माण सुरु

काठमाडौ : गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ। अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको 'ग्याबिन बाल'सहितको बाँध निर्माण थालिएको हो। नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड रुपैयाँ लागत अनुमान रहेकामा प्रदेश सरकारको…

बजार जोगाउन मादीमा बाँध निर्माण

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारलाई बाढीबाट जोगाउन मादी नदी किनारमा बाँध निर्माण थालिएको छ । गतवर्ष मादीमा आएको बाढीले कटान गरेपछि दमौली जोखिममा परेको थियो । अहिले बाँध निर्माणको काम धमाधम भइरहेको छ ।  पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–३ मादी किनारमा दुई सय ५२ मिटर ग्याबिन तारसहित बाँध निर्माण गरिएको जिल्ला सिँचाइ विकास डिभिजन कार्यालयका  प्रमुख रमेशराज शर्माले जानकारी दिए । व्यास–३ तल्लो भतेरीमा बाढी बस्तीमा पसेपछि जोखिम कम गर्ने उद्देश्यले बाँध निर्माण गरिएको हो । चालू आर्थिक वर्ष २०७९–८० को असार मसान्तभित्र बाँध निर्माण सम्पन्न गर्नेगरी एमआर गु्रप चितवनले गतवर्ष निर्माणको ठेक्का लिएको थियो । यसका लागि गण्डकी प्रदेश सरकारले दुई करोड ५० लाख विनियोजन गरेपछि निर्माण थालिएको हो । ‘निर्माण अन्तिम चरणमा पुग्दा बजेट निकासामा ढिलाइ भएको छ,’ प्रमुख शर्माले भने । उनका अनुसार हालसम्म रू. २० लाख मात्रै भुक्तानी भएको छ । रासस

स्थानीयको जग्गामा बाँध निर्माण गर्न लागिएको भन्दै महानगरबासी आन्दोलित

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोलामा बाँध निर्माण गर्ने क्रममा स्थानीयको जग्गामै बाँध निर्माण हुन लागेको थाहा पाएपछि महानगरबासी विरोधमा उत्रिएका छन्। महानगर– ३१ स्थित जंगलबाट निस्केको भेडाहा खोलामा बाँध निर्माण गर्दा स्थानीयको जग्गामै बाँध निर्माण हुने थाहा पाएरपछि महानगरबासी आन्दोलनमा उत्रिएका हुन्। भेडाहा खोलामा बाँध निर्माण गर्दा महानगरको वडा नम्बर २२,२८ र वडा […]

राहुघाटको बाँध निर्माण रोकियो

पहुँचमार्गमा पहिरो खसेपछि सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर सडक पहिरोले पुरेको छ । आयोजना व्यवस्थापक राज विष्टले पहिराका कारण गत असारदेखि रोकिएको बाँध र अडिट–१ बाट सुरुङ निर्माणलाई अझै सञ्चालन गराउन नसकिएको बताए

सिँचाइ बाँध निर्माण

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ जाइजालीमा सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ९ करोड ४५ लाख रुपैयाँ लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताए । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका २ हजार ५०० भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिए । सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा ६ महीनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने भन्दै तरकारी पनि वर्षमा दुई/तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे । सिँचाइ बाँध निर्माणसँगै धनगढी–६ जाइजालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताए । उनका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । रासस

कटान नियन्त्रण गर्न २५ करोड लागतमा बाँध निर्माण गरिने

वीरगन्ज महानगरपालिकाले भेडाहा खोलाबाट हुने कटान नियन्त्रणका लागि स्थायी बाँध निर्माण गर्ने भएको छ ।वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले भेडा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडामा मंगलबार स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक वर्षमा कटान रोक्न स्थायी बाँध निर्माण गरिने बताएका हुन् । पछिल्लो पटक गाभिएका महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० […]

खन्या खोलामा बाँध निर्माण सुरु, बाढीको जोखिम कायमै

कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे फेदीस्थित खन्याखोलामा निर्माण गरिएको बाँध बाढीले भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको छ । झण्डै तीन किलोमिटर स्थायी रूपमा निर्माण भएको बाँधको करिब पाँच सय मिटर क्षेत्रमा बाढीले बाँधलाई भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको हो । भीमदत्त नगरपालिकाले तीनवटा टिपर, एउटा जेसीबी र एउटा निजी स्काभेटर प्रयोग गरेर […]